2026-07-04 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरको ध्यान मुख्य मन्त्रीमा, जिल्लाको प्राथमिकता सडक र बिजुली

2017-12-25

पुस १०, काठमाडौँ । भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् । 

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित हुनुभएको छ भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राई निर्वाचित हुनुभएको छ । 

विसं २०६४ को संविधानसभामा सांसद निर्वाचित हुनुभएका सुदन किराँती विसं २०७० मा पराजित हुनुभयो भने यसपटक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) को उम्मेदवार भई पुनः विजयी हुनुभयो । 

जिल्लामा नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वसञ्चारमन्त्री शेरधन राई यसपटक प्रदेशसभातर्फ उम्मेदवार भई प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभयो । उहाँले आफू प्रदेशकै नेतृत्व लिने उद्देश्यका साथ उम्मेदवारी दिनुभएको र मुख्यमन्त्रीको दाबेदारकैरुपमा चुनाव प्रचार गरी २० हजार ३३४ मत ल्याएर प्रदेशसभामा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोबिन्दबहादुर कार्कीले १३ हजार २२९ मत मात्र प्राप्त गर्नुभएको थियो । 

निर्वाचित भइसकेपछि भोजपुरका लागि विकासका के प्राथमिकता हुन सक्छन् भनी प्रश्न गर्दा प्रदेशसभा सदस्य शेरधन राईले भन्नुभयो, “भोजपुरको विकासका लागि सडक र विद्युतीकरण नै प्राथमिकतामा पर्छन् । त्यसपछि खानेपानी, शिक्षा, स्वास्थ्य तथा पर्यटनको विकास गर्नुपर्ने आवश्यकता पनि छ । हामी घोषणापत्रअनुसारका प्रतिबद्घतालाई सूत्रबद्ध गरी काम शुरु गर्छाैं ।” 

भोजपुरबाट विजयी बनेर मुख्यमन्त्रीको दाबेदार रहनुभएका राई भन्नुहुन्छ, “प्रदेश नं १ तुलनात्मकरुपमा विकासको सम्भावना भएको प्रदेश हो, यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालुसहित आठ हजार मिटर माथिका धेरै हिमाल भएकाले पर्यटनको राम्रो सम्भावना छ भने अरुण, तमोरलगायत कोशी नदी पनि भएकाले विद्युत् उत्पादनको पनि अपार सम्भावना छ । हामीले यस प्रदेशबाटै भारत, चीन, भुटान र बंगलादेशसँग सडक सञ्जालले जोडी मुलुकको व्यापार विस्तार गरी समृद्धि हासिल गर्न सक्छौँ ।” 

यस क्षेत्रमा कृषि, पर्यटन, जलस्रोतको तीव्र विकास गरी प्रदेशलाई समृद्घ बनाउन सकिने र पर्यटन विकासका लागि विराटनगर विमानस्थललाई पनि यथोचित विकास गर्नुपर्ने उहाँले बताउनुभयो । 

विभिन्न स्थानलाई प्रदेश नं १ को राजधानी बनाउने चर्चा भइरहेको सम्बन्धमा भोजपुरका लागि प्रदेशको राजधानी कहाँ पायक पर्न सक्छ ? भनी जिज्ञासा राख्दा उहाँले सो विषय छलफलकै क्रममा रहेको र उचित निर्णय लिइने बताउनुभयो । उहाँले प्रदेशको राजधानी र नामांकन प्रदेशसभाको दुई तिहाइले मात्र तोक्नसक्ने बताउनुभयो । नयाँ सरकार बनेपछि यस क्षेत्रमा निश्चय नै परिवर्तन आउने उहाँको दाबी छ । 

भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले भोजपुर शैक्षिक र राजनीतिक जागरणका हिसाबले माथि भए पनि विकासमा पछि परी पूर्वकै कर्णाली जस्तै रहेकाले सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमै ध्यान दिनुपर्ने बताउनुभयो । 

समग्र प्रदेशकै विकासको सन्दर्भमा पनि वाम गठबन्धनका तर्फबाट भोजपुरको प्रदेश नं (ख) बाट निर्वाचित शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको पनि उहाँले बताउनुभयो । सो हुनसकेमा समग्र १ नं प्रदेशको विकासमा भोजपुरले नेतृत्व गर्ने र भोजपुर पनि यसबाट लाभान्वित हुने उहाँको भनाइ छ । 

भोजपुरको प्रदेश (क) बाट प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राईले पनि भोजपुरको मुख्य समस्या बाटो नै भएको बताउनुहुन्छ । भोजपुरको उत्तरी क्षेत्रका लागि भने अरुण नदीमाथि लम्सुवाघाटको पुल बनिनसकेका कारण मुख्य राजमार्गसँग जोडिन नसक्दा ढुवानी भाडा महँगो हुन गई उपभोग्य सामग्री महँगो हुने गरेको उहाँले बताउनुभयो । 

नेता राईले बाटाघाटा वर्षामा नचल्ने भएकाले स्तरोन्नति हुनुपर्ने र सडक सञ्जाल विस्तार हुनुपर्ने बताउनुभयो । 

दोस्रो प्राथमिकतामा विद्युत् सेवा विस्तार र तेस्रोमा खानेपानी पर्ने उहाँले चर्चा गर्नुभयो । धेरै विद्यालयमा आवश्यक दरबन्दी नदिइएको, मोबाइल टावर नभएको, अस्पतालको अभाव आदि अन्य समस्या उहाँले औँल्याउनुभयो । 

भोजपुरको पर्यटन विकासका लागि टेम्के, मैँयु र साल्पापोखरीको विकास गर्नुपर्ने राईले बताउनुभयो । तेञ्जिङ र हिलारीले पहिलोपटक सगरमाथा चढ्न जाँदा भोजपुर भई गएको मार्गको पनि प्रचारप्रसार र प्रवद्र्घन हुनुपर्ने पनि उहाँले बताउनुभयो । 

प्रदेश नं १ को राजधानी कहाँ उपयुक्त हुन्छ भनी प्रश्न गर्दा उहाँले भौगोलिकरुपमा केन्द्रमा पर्ने भएकाले भोजपुर पनि उपयुक्त हो, यदि सो हुन नसकेमा धनकुटा तथा इटहरी पनि भोजपुरका लागि राम्रा विकल्प भएको उहाँको विचार थियो । 

भोजपुरको टेम्के नजिक चखेवा भञ्ज्याङ पनि राजधानीका लागि उपयुक्त हुने चर्चा चले पनि पूर्वाधार नभएको सम्बन्धमा भने विस्तारै विकास गर्न सकिने पनि उहाँले बताउनुभयो । तीर्थ भट्टराई/रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै