२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षकको पेशागत हक हितको लागि संगठन सधै तयार छ: अध्यक्ष रावल

२०७४, १५ पुष शनिबार १५:५५

पुस १५, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षकको पेशागत हकहितको लागि आफ्नो संगठनले निरन्तर आवाज उठाउँदै आईरहेको बताउनु भएको छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलबजार नगर संगठन समितिको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला अध्यक्ष रावलले स्थापना कालदेखि नै शिक्षकका हक अधिकारका लागि संगठनले आवाज उठाएको र अहिले ट्रेड युनियन अधिकारको माग पूरा हुने क्रममा रहेको बताउनु भयो । 

रामारोशन गाउँपालिकाको चाफमाण्डौमा बसेको जिल्ला संगठनको ३८ औँ बैठकले जिल्लाका १० वटै स्थानीय तहका अधिवेशन गर्ने मिति तय गरेको आधारमा अहिले अधिवेशन भैरहेको भन्दै अध्यक्ष रावलले पौष २२ गते शिक्षक हित सहकारी र माघ १९ र २० गते जिल्ला अधिवेशन गर्ने गरी काम भैरहेको बताउनु भयो । केही स्थानीय तहले अहिले सम्म पनि कात्तिक महिनादेखिको शिक्षकको तलब निकाशा नगरेको पाईएको भन्दै उहाँले तत्काल शिक्षकको तलब निकाशा गर्नुपर्ने बताउनु भयो । 


कतिपय अवस्थामा शिक्षकमाथि विभेद भएको पाईएको भन्दै यसको शशक्त प्रतिबाद गर्ने बताउनु भयो । नगर तदर्थ समितिका संयोजक लोकेन्द्र चलाउनेको अध्यक्षतामा भएको अधिबेशनका बिशिष्ट अतिथि शिक्षक संगठनका सल्लाहकार संयोजक रत्न प्रसाद ढुंगानाले शिक्षक संगठनले देशकै शैक्षिक गुणस्तर वृद्धि र शिक्षकका पेशागत अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । 

शिक्षक पनि जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ अग्रसर हुनुपर्ने उहाँको भनाई छ । अब आफ्नो अधिकारको लागि शशक्त आवाज उठाउनुपर्ने भन्दै स्थानीय तहहरुले शिक्षाका माग सम्बोधन गर्न ढिला गर्न नहुनेमा उहाँले जोड दिनुभयो । 

अधिवेशनमा एमाले जिल्ला सचिवालय सदस्य तथा कमलबजार नगर ईन्चार्ज बल बहादुर कुँवरले समाजको परिवर्तन, अन्याय अत्याचारको अन्त्य र विभेद न्यूनिकरणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने भन्दै यसका लागि शिक्षक अग्रसर हुनुपर्ने बताउनु भयो । 

अहिले कतिपय स्थानीय तहमा जनप्रतिनिधि समेत विधि र नियम विपरीत गईरहेको भन्दै यसमा शिक्षक संगठनले प्रतिवाद गर्दै शशक्त आवाज उठाउनुपर्ने उहाँको भनाई छ । 

अब बाम सरकार बन्ने र त्यसपछि शिक्षकका हक अधिकारलाई अझै सुरक्षित गर्दै लैजाने उहाँको भनाई छ । उहाँले बाम सरकार बनेपछि पनि संगठनमा आवद्ध शिक्षकले अझै मेहनती, अनुशाशित, मर्यादित र प्रभावकारी ढंगले शिक्षण गरी शैक्षिक गुणस्तर वृद्धिमा भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । 

शिक्षक संगठनका जिल्ला उपाध्यक्ष लोकराज न्यौपानेले अब विधि भन्दा पनि प्रविधिको माध्यमबाट शिक्षण गर्नुपर्ने बेला आएको भन्दै यसका लागि राज्यले आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताउनु भयो । आफ्नो संगठनका शिक्षकमाथि विभेद भए त्यो अमान्य हुने भन्दै गाउँ तथा नगरमा आफ्नो अधिकारको लागि आवाज उठाउनुपर्ने बताउनु भयो । 

नगर संगठनका उपसंयोजक गणेश प्रसाद बजगार्ईले स्वागत गर्नुभएको अधिवेशनमा अञ्चल सदस्य शारदा कुँवर, शिक्षक महासंघका सहसचिव कृष्णा थापा, जिल्ला सदस्य तपेन्द्र शाही, धर्मसिंह चलाउने, भद्रकला साउँद, दिपेन्द्र नेपाली, प्रेस चौतारी जिल्ला अध्यक्ष टेकराज भण्डारी, पूर्व जिल्ला अध्यक्ष भोजराज देवकोटा, टंक जोशी, शिक्षक मोक्षराज जोशी, छत्र विष्ट लगायतले मन्तव्य राख्नुभएको थियो । टेकराज भण्डारीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ