2026-10-19 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठन अगाडि नै पार्टी एकता हुन्छ: प्रचण्ड

पुस २०, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढिरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “सकेसम्म सरकार गठनभन्दा पहिला नै पार्टी एकता टुंग्याउँ भन्ने हाम्रो जोड छ ।” एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी नभएको भए दुई दिनअघि नै पार्टी एकता टुंगिन सक्ने बताउँदै उहाँले भन्नुभयो, “पार्टी एकताबारे छलफल चलेर उस्तै परे दुई दिन अगाडि टुंग्याउने भन्ने केपीजी र मेरो कुरा भएको थियो तर उहाँलाई बिसञ्चो भएकाले छलफल हुन सकेन, त्यसैले यो विषय टुंग्याउन ढिलो भयो ।” 

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताउनुभयो । 

पार्टी एकताका विषयमा अनावश्यक कुरा आइरहेको भन्दै उहाँले जथाभावी बाहिर र पत्रपत्रिकामा नबोल्न तल्लो तहका नेतालाई निर्देशन दिएको पनि बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “पचास÷पचास प्रतिशत होइन, त्यो गलत कुरा हो, केही साथीले बोल्नुभयो, आज मैले साथीहरुलाई कोही पार्टी एकताबारे बाहिर पत्रपत्रिका बोल्न जरुरी छैन, नेतृत्व तहमा गम्भीर छलफल भएको छ भनेको छु ।” 

दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा हामीभित्र बिमती र विवादको अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन, सुशासन र देशको समृद्धिमा, राष्ट्रिय एकतामा हाम्रो ध्यान केन्द्रीत छ ।” 

दलहरुका बीचमा आज काठमाडौँमा सकारात्मक छलफल भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताउनुभयो । 

अध्यक्ष दाहालले सबै पार्टीहरुले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा सरकारलाई दिइएको जानकारी दिदैं संविधानको मर्मअनुसार सरकारले तोकोस् भनेर सबै पार्टीहरुले सरकारलाई नै जिम्मा दिएकोे बताउनुभयो । 

प्रदेश केन्द्रको अन्तिम फैसला गर्ने अधिकार प्रदेशसभालाई भएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनको प्रक्रियाको निम्ति कुनै अवरोध नभएको भन्दै राष्ट्रियसभाको गठनलगत्तै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ