2026-08-31 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार गठन अगाडि नै पार्टी एकता हुन्छ: प्रचण्ड

पुस २०, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढिरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “सकेसम्म सरकार गठनभन्दा पहिला नै पार्टी एकता टुंग्याउँ भन्ने हाम्रो जोड छ ।” एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी नभएको भए दुई दिनअघि नै पार्टी एकता टुंगिन सक्ने बताउँदै उहाँले भन्नुभयो, “पार्टी एकताबारे छलफल चलेर उस्तै परे दुई दिन अगाडि टुंग्याउने भन्ने केपीजी र मेरो कुरा भएको थियो तर उहाँलाई बिसञ्चो भएकाले छलफल हुन सकेन, त्यसैले यो विषय टुंग्याउन ढिलो भयो ।” 

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताउनुभयो । 

पार्टी एकताका विषयमा अनावश्यक कुरा आइरहेको भन्दै उहाँले जथाभावी बाहिर र पत्रपत्रिकामा नबोल्न तल्लो तहका नेतालाई निर्देशन दिएको पनि बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “पचास÷पचास प्रतिशत होइन, त्यो गलत कुरा हो, केही साथीले बोल्नुभयो, आज मैले साथीहरुलाई कोही पार्टी एकताबारे बाहिर पत्रपत्रिका बोल्न जरुरी छैन, नेतृत्व तहमा गम्भीर छलफल भएको छ भनेको छु ।” 

दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा हामीभित्र बिमती र विवादको अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन, सुशासन र देशको समृद्धिमा, राष्ट्रिय एकतामा हाम्रो ध्यान केन्द्रीत छ ।” 

दलहरुका बीचमा आज काठमाडौँमा सकारात्मक छलफल भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताउनुभयो । 

अध्यक्ष दाहालले सबै पार्टीहरुले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा सरकारलाई दिइएको जानकारी दिदैं संविधानको मर्मअनुसार सरकारले तोकोस् भनेर सबै पार्टीहरुले सरकारलाई नै जिम्मा दिएकोे बताउनुभयो । 

प्रदेश केन्द्रको अन्तिम फैसला गर्ने अधिकार प्रदेशसभालाई भएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनको प्रक्रियाको निम्ति कुनै अवरोध नभएको भन्दै राष्ट्रियसभाको गठनलगत्तै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो