2026-09-19 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा बाम गठबन्धन र संघिय समाजबादीले चुनावी सामग्री हटाएनन्

चिसाङ शेर्पा/पुस २१, खोटाङ । खोटाङमा बाम गठबन्धन र संघिय समाजवादी फोरम नेपालले डेढ महिना बित्दा समेत चुनावी प्रचारप्रसारका सामग्री हटाएका छैनन् । 

गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दिक्तेल बजारमा टाँगिएका पर्चा, पम्प्लेट, तुल, झण्डा, ब्यानर नहटाएको हो ।

बाम गठबन्धन एमाले–माओवादी केन्द्रले दिक्तेल बजारको भबनगैरा–त्रिबेणीचोक– हाँटडाडाँसम्म मात्रै चुनावी सामग्री हटाएका छन् । आचारसंहिता तोड्दै संघिय समाजवादी फोरम र राप्रपा प्रजातान्त्रिकले हाटँडाडाँ–रत्नपार्क र गठबन्धनले त्रिबेणीचोक–रत्नपार्कसम्म अझै चुनावी सामग्री हटाएका छैनन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको महिनौ गुज्रिंदा पनि सम्बन्धित पार्टीले चुनावी प्रचारप्रसार समाग्री नहटाउँदा दिक्तेलबजार कुरुप भएको छ ।

पार्टीले आचारसंहिता उल्लङघन गरेको स्वीकार्दै बाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपसचिव कुमार आचार्यले केही दिनभित्र चुनावी सामग्री हटाउँने जानकारी दिनुभयो । संघिय समाजबादी फोरम नेपाल खोटाङका जिल्ला अध्यक्ष नविन राईले पार्टीभित्र चुनाबी सामग्री हटाउँने कुरा भईरहेको बताउनुभयो । शनिबार समिक्षा बैठक गरेर तत्काल हटाउने बताए । 

रुपाकोट मझुवागढी नगरपालिकाको गत पुस ५ गतेदेखी ११ गतेसम्म ‘नगर सरसफाई सप्ताहको समिक्षा कार्यक्रममा तीनदिन पडाछी हटाउने प्रतिज्ञा गरेका पार्टी तथा दलले त्यसको बेवास्ता गर्दा चुनावी सामग्री हट्न नसकेको रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । 

दल तथा पार्टीलाई पुनः उक्त सामग्री हटाउन ताकेता गर्छौ, यदि उहाँहरुले नहटाए अनुमती लिएर नगरपालिकाले हटाउने नगरप्रमुख रिजालले बताए । उनले भने,“नगरपालिकाले चुनावी सामग्री हटाएर सटिङ गरी पार्टीलाई दिनेछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई