2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

गत बर्ष भोजपुरको मात्र अख्तियारमा २७ वटा मुद्दा दर्ता

पुस २६, भोजपुर (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भोजपुर जिल्लाबाट अघिल्लो आव २०७३/७४ मा २७ वटा मुद्दा दर्ता भएका थिए । 

मंगलबार जिल्लास्थित सरोकारवाला निकायसँग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा अन्तरक्रिया गर्दै यस्तो जानकारी दिइएको हो । 

आयोगका अनुसार २७ वटा मुद्दा दर्ता भएकोमा २० वटा फछ्र्योट भइसकेको र यस आवको मंसिर मसान्तसम्ममा १५ वटा नयाँ मुद्दा दर्ता भएकोमा छवटा फछ्र्योट भइसकेका छन् । 

भोजपुरका सरकारी कार्यालय तथा संघ संस्थालाई पारदर्शी र सेवाग्राहीप्रति उत्तरदायी हुन अनुरोध गरिएको छ । अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री थापा गुरुङले जिल्लास्थित कार्यालयको वातावरण सेवाग्राही उन्मुख बनाउनुपर्ने बताउनुभएको थियो । 

अख्तियार दुरुपयोग आयोग क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख पुरुषोत्तम दाहाल र कर्मचारी प्रदीप कोइरालाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई