११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमै सपथग्रहण नगराए बहिष्कार गर्ने नेता मण्डलको चेतावनी

१ माघ २०७४, सोमबार १०:०३

राम नारायण पंडित | माघ १, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका नेता सुरेश मण्डलले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “ख” प्रदेशसभाका सदस्य  समेत रहेका मण्डलले सरकारले संघीयता असफल बनाउन चालिएको कदमलाई बहिष्कार गर्ने चेताबनी दिएका हुन् । उनले भने “आफ्नै प्रदेशमा शपथ खान्छु, आफ्नो प्रदेशभन्दा बाहिर गएर शपथ खादिन्न्, यदि सरकारले जबजस्ति काठमाण्डौमा सथपग्रहण गराउन खाज्यो भने बहिष्कार गर्छु” ।

राजपा नेपालका सहमहामन्त्रि समेत रहेका मण्डलले प्रदेश नम्बर २ भित्रै शपथ लिने कार्यक्रम बनाइएन भने मधेस केन्द्रित दलले शपथ कार्यक्रम बहिष्कार उदघोष गरे । संघीयता कार्यान्वयन गर्ने मुख्य कडीका रुपमा लिइएको प्रदेशसभा गठनको सुरुको चरण नै कार्यान्वयन नगरेकोमा नेता मण्डलले रोष प्रकट गरेका हुन् । उनले भने “काठमाडौंमा शपथ खुवाउनु भनेको संविधान र संघीयताको मूल मर्ममाथि नै प्रहार गर्नु हो, संघीयतालाई सुरुदेखि नै कार्यान्वयन गर्न प्रदेशसभा सदस्यलाई सम्बन्धित प्रदेशमा शपथ खुवाउनुपर्छ नत्र बहिष्कार गर्छु ।” तत्काल अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न समेत नेता मण्डलले सरकारसंग माँग गरेका छन् । 

केन्द्रिय राज्यसत्तासंग अधिकारको लडाई र मधेसमा बिकास तथा सुशासन कायम गर्नु मधेशबादी पार्टीको मुख्य कार्यभार रहेको समेत नेता मण्डलले स्पष्ट गरे । उनले भने “संघियता, समानुपातिक समाबेशी, मधेशप्रदेश, मधेश सरकार मधेशी पार्टीको देन हो, यसलाई रक्षा गर्नुपर्छ ।” नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले बनाएको कथित उत्कृष्ट संविधान ढोका बिनाको घर रहेको समेत उनले टिप्पणी गरे । 

सिरहाको कल्याणपुर नगरपालिकाका प्रथम नगर सभाको आइतबार उदघाटन गर्दै नेता मण्डलले संघिय संविधान अनुसार प्रदेशसभाको निर्वाचन भइसक्दा पनि प्रदेश सांसदको शपथग्रहण र पहिलो बैठक काठमाडौंमा गर्ने तयारी गर्नु एकात्मक राज्यसत्तालाई नै निरन्तरता दिन खोज्नु रहेको बताए । 

नेता मण्डलले कल्याणपुर नगरपालिकाको भौगोलिक र सामाजिक बनौट     (बृताकार र समाबेशी) बिशेष किसिमको रहेकोले नगरपालिकालाई नमुना नगरपालिका बनाउनु पर्नेमा जोड दिएका छन् । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “ जनप्रतिनिधीलाई इमान्दार भई जनताको सेवामा लाग्नु पर्छ, जनताले महसुस हुने गरी बिकास गर्नुपर्छ, कागजी बिकाससे परम्पराको अन्त्य हुनैपर्छ र राष्ट्र सेवक कर्मचारीलाई ईमान्दार हुनुपर्छ ।” 

मधेशको शैक्षिक अवस्थामा ब्यापक सुधारको खाँचो रहेकोले शिक्षकहरुलाई विद्यालयमा राजनीति नगरी स्वच्छ शैक्षिक वातावरण निर्माण गरी समग्र शिक्षामा परिवर्तन ल्याउन नेता मण्डलले सुझाब दिएका हुन् । 

कल्याणपुर नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ४२ करोडको बजेट प्रस्तुत गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह