२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्थायी मुकामलाई लिएर आन्दोलन गर्नु उचित होइन: खनाल

२०७४, ६ माघ शनिबार १२:२८

माघ ६, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेशको अस्थायी मुकामको विषयलाई लिएर अहिले विवाद, बखेडा झिकेर आन्दोलन गर्नु उपयुक्त नहुने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– अस्थायी राजधानी स्थायी रहँदैनन् । प्रदेशले यो बारेमा आफैँले निर्णय गर्नेछ, यद्यपि प्रदेशको राजधानी तोक्नेबारेमा सरकारले भने राम्रो ढंगले बुद्धि पु¥याएन । 

प्रदेश प्रमुख वर्तमान सरकारले नै नियुक्ति गर्ने हो, नियुक्ति गरिएको विषयलाई हामीले कुनै आश्चर्य र अनौठो ढंगबाट लिएका छैनौँ, अब प्रदेशको प्रक्रिया अघि बढ्छ, उहाँहरुको काम र क्रियाकलापलाई हेर्दै प्रदेश प्रमुखहरु पदमा कति रहन्छन् वा रहन्नन् भन्ने कुरा आगामी सरकारले निर्णय गर्नेछ, उहाँले भन्नुभयो । 

लामो संघर्षमय जीवन भएको, लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएको र राष्ट्रको महत्वपूर्ण नेतृत्व पंक्तिमा बसेर काम गरेको व्यक्तिलाई राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो भने राष्ट्रकै निम्ति महत्वपूर्ण हुनेछ भन्दै वरिष्ठ नेता खनालले भन्नुभयो– पार्टीले दिने जिम्मेवारीलाई दृढतापूर्वक पालना गर्छु, जे जिम्मेवारी दिए पनि पालना गर्न सक्छु, जिम्मेवारी मबाट शिरोधार्य हुनेछ । 

आगामी फागुनको दोस्रो साता एमालेको नेतृत्वमा गठन हुने सरकारले लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक गर्ने र जनजनमा पु¥याएर दिगो बनाउने, मुलुकको सार्वभौमसत्ता र अखण्डताको सुदृढीकरण गर्ने, सामाजिक आर्थिक रुपान्तरणलाई तीव्र तुल्याउने, विविधतायुक्त वैभवलाई विकास गरी समृद्ध गर्ने र अन्तरराष्ट्रिय जगत्सँगको सम्बन्धलाई सुदृढ तुल्याउने कामलाई प्राथमिकतामा राखेर काम गर्नेछ – उहाँले भन्नुभयो । 

मुलुकबाट बेरोजगारी, गरिबी, अविकास, रोगब्याधी, निरक्षरतालाई उन्मूलन गर्नु आगामी सरकारका लागि अवसर र चुनौती रहेको बताउँदै वरिष्ठ नेता खनालले समृद्ध र खुशी नेपालको लक्ष्य हासिल गर्ने ढंगले आगामी सरकारले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह