२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्द फिर्ता लिएर शपथका लागि बुटवल आए दाङका सांसद

२०७४, ७ माघ आईतवार ०७:०३

माघ ७, बुटवल । प्रदेशको राजधानी दाङ बनाउनु पर्ने मागगर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि बुटवल आएका छन् ।

५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेल सहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् । 


प्रदेश सांसदको शपथ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल पनि उपस्थित थिए । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आमहड्ताल भएको थियो । 

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को अगुवाइमा सुरु भएको आन्दोलन शनिबार मध्यरातिदेखि मत्थर भएको छ ।

प्रादेशिक राजधानी दाङलाई बनाउन सुझाव दिएको सुझाव समितिको प्रतिवेदन विपरित शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले रुपन्देही जिल्लालाई ५ नं. प्रदेशको अस्थायी केन्द्र तोकेको थियो । 

त्यसको विरुद्ध प्रमुख दल, नागरिक समाज, स्थानीय सर्वसाधारणले लगातार चर्को आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी