४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनका स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

११ माघ २०७४, बिहीबार ०६:३४

माघ ११, चितवन | गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् । 

निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, माडी नगरपालिकाका १४३, रत्ननगर नगरपालिकाका १४९ र राप्ती नगरपालिकाका १०२ जना रहेका छन् । 

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासमेत स्थानीय निर्वाचनको खर्च विवरण कार्यालयमा नबुझाइएको ढकालले बताउनुभयो । 

यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खर्च विवरण नबुझाउनेमा बढी संख्यामा स्वतन्त्र उम्मेदवार छन् । 

प्रतिनिधिसभामा स्वतन्त्रतर्फका सात उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने अन्य साना राजनीतिक दलका उम्मेदवार रहेका छन् । यस्तै, प्रदेशसभामा पनि स्वतन्त्र र साना दलका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि कार्यालयले आग्रह गरेको ढकालले बताउनुभयो । 

खर्च विवरण नबुझाउने उम्मेदवारको कालोसूची प्रकाशित गर्ने ढकालले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ