2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा वडाध्यक्षको मोबाइल नम्बर नै सचिवको ‘ब्ल्याकलिस्ट’मा

माघ १२, ओखलढुंगा । मोलुङ गाउँपालिकाका सेवाग्राही दैनिक कर्मचारी खोज्दै सदरमुकाम धाएको भेटिन्छन् । गाउँपालिकाको सम्पर्क कार्यालय नै सदरमुकाममा सञ्चालन भएको छ ।

गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमुकाममा सञ्चालन गरेको विषयमा मोलुङ गाउँपालिका प्रमुख प्रशासकीय विश्वविजय अधिकृत शर्माले अहिले योजना सम्झौता भइरहेको, बैंक खाता सञ्चालनलगायतका काम गरिरहन परेकाले सदरमुकाबाट काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले प्राविधिकसमेत सदरमुकाम बस्ने भएकाले योजनाका काम गर्न गाउँपालिकामा समस्या रहेको दाबी गरे ।

गाउँपालिकाका प्रशासन फाँटका प्रमुखसमेत रहेका नासु श्रेष्ठले सदरमुकामको आफ्नै घर भाडामा लगाएर सम्पर्क कार्यालय खोलका छन् ।गाउँपालिकाका कर्मचारी सदरमुकामै बसेर सम्पर्क कार्यालय चलाएको विषयमा भने गाउँपालिका प्रमुख मणिराज राईले प्राविधिक काम मिलाउन मात्रै कर्मचारी सदरमुकाम बसेको बताए । नागरिकको सेवा प्रवाहलाई सहज बनाउने काममा आफू लाग्ने राईको भनाइ छ ।

स्रोतका अनुसार गाउँकार्यपालिकाको मौखिक सहमतिमै सम्पर्क कार्यालय खडा गरिएको हो । मोलुंग गाउँपालिकाले अन्य गाउँपालिकाको तुलनामा २० हजारभन्दा बढीमा गाडी भाडामा लिएको छ । मोलुंग गाउँपालिका–७ का वडाध्यक्ष हेम सुनुवारले कर्मचारी जिल्ला बसेर नागरिकले दुःख पाएकाले गाउँपालिकामा खटाउनुपर्ने बताए । 

जिल्लाका अन्य ६ वटा गाउँपालिकाका वडामा पनि जनप्रतिनिधि मात्रै भेटिन्छन् । खरिदार र सुब्बाले वडा सचिव भएर गर्नुपर्ने काम कतिपय वडामा प्राविधिक सहायक र कृषि तथा पशु प्राविधिकले पनि काम गर्दै आएका छन् । 

तर, वडाध्यक्षहरू गाउँपालिकामा र गाउँपालिकाका अध्यक्ष ‘कर्मचारी चाहियो’ भन्दै जिल्लामा आउने गरेका छन् । खिजी देम्वा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्का त दुईपटक कर्मचारी खोज्दै सदरमुकाम आइसकेका छन् ।

वडामा खटाइएका केही (साविकका गाविस सचिव) वडा सचिव अहिले पनि सदरमुकामै अखडा जमाएर बसिरहेका छन् । ‘वडा सचिवले मलाई टेरेनन्, असारयता २÷३ पटक मात्रै गाउँ आए,’ लिखु गाउँपालिका–९ का वडाध्यक्ष सुकवीर तामाङले भने, ‘मेरो त मोलाइल नम्बर पनि सचिवले ब्लक गरेका छन् सम्पर्क हुँदैन ।’ अध्यक्ष तामाङले आफूले वडा सचिवलाई काम लगाउन नसकेको भन्दै गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसमक्ष पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए ।

लिखु गाउँपालिका–९ र खिजीदेम्बा–१ र २ हेर्ने वडा सचिव प्रदीप पौडेल अधिकांश समय सदरमुकामै बस्ने गरेको वडाध्यक्षहरूको गुनासो छ । सचिव पौडेलले खिजीदेम्बाको वडा–१ र २ रगनीमा पनि समयमा सेवा नदिएको जनप्रतिनिधिको गुनासो छ ।

खिजीदेम्बा गाउँपालिका–७ का अध्यक्ष भूपेन्द्र बस्नेतले आफूले चाहेजस्तो सेवा दिन कर्मचारीकै कारण नसकेको स्वीकार गरे । खिजीदेम्बा–७ र ८ रावादोलु र भुसिंगा हेर्ने सचिव लक्ष्मीदास सैंजु पनि अधिकांश समय सदमुकाममै भेटिने गरेका छन् । 

यसैगरी, पुनर्निर्माणका प्राविधिक पनि गाउँमा भेटिँदैनन् । बिदामा बसेका प्राविधिक २ महिनापछि फर्किएर हाजिरी प्रमाणित गर्न वडाध्यक्षलाई दबाब दिने गरेका छन् । 

काम नगरेको दिनको हाजिर प्रमाणित नगर्ने अडानमा बसेका खिजीदेम्वा गाउँपालिका–४ का वडाध्यक्ष र प्राविधिक बीच लामो विवाद भएको वडाध्यक्ष कमल न्यौपानेले बताए, राजधानी दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई