२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गर्न सक्दैन: श्रेष्ठ

२०७४, १२ माघ शुक्रबार ०३:२६

राम नारायण पंडित/माघ १२, सिरहा । अब कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गरेर निरंकुशता लाद्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता नारायणजी श्रेष्ठले बताएको छ । 

सिरहाको गोबलाजार नगरपालीकाको प्रथम नगर परिषद्को उद्घाटन गर्दै नेता श्रेष्ठले तीनै तहको निर्वाचनपछि अव लोकतान्त्रको अभ्यास तल्लो तहसम्म पुगिसकेकोले अव यसलाई दुनियाँको कुनै शक्तिले दवाएर निरंकुशता लाद्न नसक्ने जिकिर गरे ।


नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासगर्ने सवैभन्दा तल्लो निकाय स्थानीय तहको निर्वाचनपछि गाउँ गाउँका जनताले लोकतन्त्रको अभ्यास गर्न पाएकाले यसलाई कसैले खोस्न नसक्ने बताए । 

उद्घाटन मन्तव्यकै क्रममा उनले तत्कलको लागि राजनीतिक आन्दोलनको एउटा अध्याय पुरा भएको भन्दै अव विकास र समृद्धिको मुद्दालाई अगाडी बढाउनु पर्ने बताए । यसको लागि संघियता कार्यान्वनले ढोका खोलेको उनले जनाए । उनले भने, ‘स्थानीय तहले निति निर्माण देखि कतिपय कानुनि अधिकारसमेत प्राप्त गरेकोछ, यसको उचित अभ्यासले मुलुक चाँडो समृद्धिको दिशातर्फ बढ्ने निश्चित छ ।’

सोही क्रममा नेता श्रेष्ठले देश विकासको सम्भावनासँगै यसको गतल प्रयोग भयोभने संघियता नै धरापमा पर्ने सम्भावनापनि उत्तिकै रहेको तर्फ सजग गराए । उनले भने,‘स्थानीय तहमा निहित अधिकार र शक्तिको दुरुपयोग भएको खण्डमा संघियता नै धरामपमा पर्ने निश्चित छ, त्यसैले विकासको लागि शुशासन मुख्य आधार हुनुपर्छ ।’

मन्तव्यकै क्रममा नेता श्रेष्ठले फागुन महिनामा बाम गठवन्धनको सरकार बन्ने समेत जनाए । फागनु भित्रमा बाम सरकार बन्छ, त्यसले पाँच वर्षसम्म ढुक्कका साथ सरकार पनि चलाउँछ, भन्दै उनले भने, ‘बाम सरकार गठन पछि भ्रष्टचार नियन्त्रण गरेर देश विकासलाई जोड दिन्छौं ।’ 

अवको पाँच वर्षमा देशलाई शुशासन र विकासको दिशा दिने र अर्को पाँच वर्षमा देशलाई विकसित देशहरुको हाराहारीमा पुर्याउने समेत बताए । उनले बाम सरकारको मुख्य एजेण्डा नै राष्ट्रियताको जगेर्ना गर्दै देश विकासमा जोड दिने योजना रहेको जनाए । 

नगरसभा उद्घाटन कार्यक्रममा नेकपा माओवादीका नेता तथा पूर्व मन्त्री विश्वनाथ साह, प्रदेश सासंदहरु रामकुमार यादव, जगत यादव लगाएतले गोलबजार नगारपालीकाको नगरसभाले राम्रा कामहरुको योजना बनाउने र नगर विकासका महत्वपूर्ण कामहरु गर्नुपर्नेमा जोड दिए । 

कृषि, शिक्षा र स्वास्थ्यमा लगानी गर्न विशेष जोड दिदै उनीहरुले त्यसको लाग आफ्नोपनि साथ सहयोग रहने रहने जनाए । नगरसभाको उद्घाटन कार्याक्रम नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस