2026-09-18 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मलेसियाबाट फर्किएका थापाले भने- ‘जनताले माया र आस्था राखेर जिताए’

चिसाङ शेर्पा/माघ १२, खोटाङ । बारा जिल्ला निजगढ नगरपालिका ११ रतनपुरका नर बहादुर थापा उमेरले ३५ वर्ष पुगे । 

दुई पटक बैदेशिक रोजगारीमा मलेशिया पुगेर स्वदेश फर्किएका थापा नगरपालिकाको ११ नं. वडा रतनपुरका निर्वाचित वडा सदस्य हुन् ।

साविक गाविस रतनपुरमा नेकपा एमालेबाट वडा सदस्यका लागि टिकट पाएका थापाले स्थानिय निर्वाचनमा जित हाँसिल गरेसँगै जनप्रतिनिधि बनेका हुन् । मलेशियाको सेलेङगारस्थित बातुकेभमा रहेको ‘क्यान जो क्यान फ्याक्ट्री’ बाट आफ्नो तीनबर्षे कार्यकाल सकेर २०७३ साल असार पहिलो हप्ता स्वदेश फर्केका उनलाई पार्टीले संगठन बिस्तार र बिश्वासमा टिकट दिएको थियो ।

गएको असोज–२ गते भएको स्थानिय निर्वाचनबाट वडा सदस्य पद जितेका थापाको जन्म बारा जिल्लाको रतनपुरमा बुवा रुद्र बहादुर थापा आमा मनमाया थापाको कोखबाट २०३९ माघ २४ गते भएको थियो । घरको कान्छो छोरा थापाले त्रिभुवन माबि बिरगंञ्जबाट २०५७ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् । २०६१ सालमा विवाह गरेका हुन् । 

विवाह बन्धनमा बाँधिएको केही समयपछि रतनपुरका वर्तमान वडासदस्य २०६२ सालमा रोजगारीका लागि मलेशिया गएका थिए । भनेजस्तो कमाई भएन जसोतसो ५ वर्ष बिताएर २०६७ सालमा नेपाल फकिए उनले भने, फेरी गाउँमै खेती किसानी सानातिना ठेक्कापट्टा गरेर तीनवर्ष बिताए । 

भाषा, धर्म, संस्कृती र वातावरण बुझेकाले पुन ः २०७० सालमा मलेशिया पुगेका उनले  त्यहाँ ‘क्यान जो क्यान फ्याक्ट्रीमा टिनपाताका विभिन्न सामग्री बन्ने काम गरे । मनग्गे कमाए । परिवारका लागि पोल्याण्ड जाने सुर बनाएर त्यहाँबाट नेपाल आए । घरमा आएपछि परिवारसँग भेटघाटसँगै एक हिसाबले उनी फेरी विदेश जाने चक्करमा रुमलिदै थिए । यता देशमा स्थानिय चुनावको रौनक बढ्दै थियो । काठमाण्डौमा पुगेर पोल्याण्डका लागि उनले एप्लाई पनि गरे । बिडम्बना उनको भिषा आएन ।

भिषा नआउनु अनि स्थानिय चुनाव संघारमा हुनु, उनी चुनाव लड्नु त्यसपछि चुनाव जित्नुले थापाको सबै बैदेशिक यात्रा बन्द भयो । उनकोे जिबनले कायापलट लियो । आठ वर्ष पराई मुलुकमा पसिना बगाएका उनले अबको ५ वर्ष आफ्नो जन्मभुमि र आफ्नो गाउँठाउँ बनाउने अवसर पाए ।

‘टिकट पाएर गाउँगाउँमा भोट माग्दै हिड्दा नै जित्छु लागेको थियो । चुनावको नतिजापछी सफल भए उनले भने, जनताले माया र आस्था राखेर जिताए अब गरेर देखाउनु छ ।’ स्थानिय चुनावपछी आफ्नो टिमले वडाभित्र तीन लाखको काम गरेको बताए । नेपाल राष्ट्रिय माविलाई ५० हजारको खानेपानीको पाईप र वडाभित्र २ लाख ५० हजारको नाली निर्माण गरेका छन् । 

लामो समय पराईको मुलुकमा रगत पसिना बगाएका ति दिनहरु संम्झदा दुख लाग्छ । अब आफ्नै ठाउँ बनाउने अबसर र चुनौती पाएको छु । थापाले भने, “यसलाई मरी मेटेर आफ्नो भुमिका निर्वाह गर्नेछु । पराईको मुलुकको दुईगुणा आफ्नो ठाउँ बनाउन अगाडी बढ्छु ।”  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई