२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुपश्चिम सेवा समाज जापानको बरिष्ठ उपाध्यक्षमा साउदको उम्मेद्धारी

२०७४, २० माघ शनिबार ०४:३९

कमल रावल/माघ २०, अछाम । सुदूरपश्चिम सेवा समाज जापानको ५ औं महाँदिवेशन आईतबार हुदैछ । टोकियोमा हुने समाजको ५ औं महँदिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

यसैबिचः समाजको बरिष्ठ केन्द्रिय उपाध्यक्षका लागि अछाम बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका घर भएका अन्तराष्ट्रिय भलिबल खेलाडी तथा नेपाल जापान भलिबल एसोसियसनका उपाध्यक्ष मदन साउदले उम्मेद्धारी घोषणा गर्नुभएको छ । यसअघि उहाँले सुदुरपश्चिम सेवा समाज क्षेत्रीय कमिटीको सल्लाहकार संयोजक रहि बरिष्ठ केन्द्रिय उपाध्यक्षमा मनोनयन दर्ता गर्नुभएको थियो ।


बिगत १५ वर्ष देखी नेपाली राष्ट्रिय भलिबल टिममा रहेर दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीता खेल्नुभएका साउदसंग ५ वर्ष बैंकिङ सेवाको समेत अनुभव छ । 

उहाँले ग्लोवल आई एम ई बैंक काठमाण्डौमा ५ वर्ष काम गर्नुभएको हो । अहिले जापानको ट्रीनिटी क्लव टोकियोमा आबद्ध हुनुभएका साउद बिभिन्न सामाजिक काम र अन्य रचनात्मक काममा समेत निकै सक्रिय हुनुहुन्छ ।

४ फेबररी २०१८ अर्थात भोलि (आईतबार) हुने महाँदिवेशनका लागि उम्मेद्धारी घोषणा गर्दै साउदले बरिष्ठ उपाध्यक्षको मनोनयन दर्ता गरिसकेको बताउनुभयो । 

आफु बरिष्ठ उपाध्यक्ष निर्वाचित भएमा वर्षमा आफुले खेल्ने ४ वटा भलिबल गेम मार्फत आफुलाई प्राप्त हुने रकम समाजलाई प्रदान गर्ने बताउनुभयो । २ वर्षको अवधिमा आफुले गेम खेलेर प्राप्त गर्ने रकमबाट ४ लाख सम्म संस्थालाई प्रदान गर्ने भन्दै उहाँले अन्य फुटसल प्रतियोगीता, साँस्कृतिक कार्यक्रम लगायतका बिभिन्न गतिबिधी मार्फत २ वर्षमा १० देखी १२ लाख सम्म संस्थालाई फाईदा गर्न सक्ने दाबी गर्नुभयो ।


आफुले समाजका लागि राम्रो गर्न र नयाँ उचाई दिन उम्मेद्धारी दिएको भन्दै साउदले आफ्नो भन्दा राम्रो काम गर्न सक्ने कोही अरु साथिहरु आएमा बाधक नबन्ने बरु सहयोग गर्ने बताउनुभयो ।

यसअघि समाजको क्षेत्रीय समिति गठन गर्ने क्रममा मनोनयन दर्ता सहित समाजको क्षेत्रीय समिति र केन्द्रिय समितिको लागि करिब ६० हजार सहयोग गरिसकेका उहाँले आफु बरिष्ठ उपाध्यक्ष भएको खण्डमा सुदूरपश्चिम समाजको क्षेत्रीय समिति बिस्तार कार्यलाई तिब्रता दिने अन्य नयाँ कार्यक्रम र गतिबिधिहरु पनी अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ