२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ को प्रदेशसभा बैठक बुटवलमा शुरु

२०७४, २१ माघ आईतवार ०९:१३

माघ २१, बुटवल | राज्यको नयाँ संरचनाबमोजिम निर्माण भएको प्रदेश तहअन्तर्गत प्रदेश नं ५ को पहिलो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा आज अपराह्न शुरु भएको छ । 

प्रदेश नं ५का प्रदेश प्रमुखले गत साता आइतबार आजका लागि बैठक आह्वान गर्नुभएको थियो । बैठकको शुरुमा प्रदेश नं ५का ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले शान्तिका अग्रदूत गौतम बुद्धको जीवनीसँग गाँसिएको पवित्रभूमि क्षेत्रमा सहभागी प्रदेश सदस्यलाई स्वागत गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्ने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको अवसरमा सबैलाई बधाई दिनुभयो । 

“प्रदेश नं ५ लाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा समृद्ध बनाउने हाम्रो चाहना पूरा होस्”, उहाँले शुभकामना व्यक्त गर्दै भन्नुभयो । बैठकमा अहिले दलीय आधारमा प्रदेश सदस्यले बोल्ने क्रम जारी छ । यसपछि आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । सो प्रदेशसभामा कूल ८७ सदस्य छन् । 

यसअघि आज बिहान पहिलो बैठकमा प्रस्तुत गरिने बैठकका कार्यसूचीलाई प्रदेशसभाको सचिवालयले अन्तिम रुप दिएको थियो । उक्त सर्वदलीय बैठकले पाँच विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतिबाट निर्णय गरेको थियो । 

अपराह्न १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ । बैठकमा प्रदेशसभा सचिवालयले तोकेर जारी गरिएका प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी गरिएको प्रदेशसभाको बैठक सहजीकरणमा आउनुभएका संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

संघीयता लागू भएपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति छ ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन