2026-09-19 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश १ को पहिलो बैठकमै लिम्बुवान र खम्बुवान नामाकरण गर्न माग

माघ २२, विराटनगर । आज बिराटनगरमा प्रदेश १ को प्रदेशसभा बैठक जारी छ । प्रदेशसभाको पहिलो बैठकमा बोल्दै संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई लिम्बुवान र खम्बुवान प्रान्त घोषणा गर्न माग गरिन् ।

प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बनेकी तुम्बाहाम्फेले मुलुकमा १० प्रदेश निर्माण गर्नुपर्ने, मधेसी, मुस्लिम, आदिवासी र दलित समुदायको समानुपातिक सहभागीता ग्यारेन्टी गर्न समेत माग गरेकी छन् । उनले धरानको विजयपुरलाई लिम्बुवानको राजधानी भन्दै त्यहाँ खानेपानी ट्याङ्कीको निर्माण बन्द गर्न माग गरेकी छन् । उनले यस अघि नै राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताएकि थिइन्इ । उनले ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने बताएकी हुन् ।

त्यस्तै उनले विजयपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पनि माग गरेकी छन् । त्यस्तै इलामको सिलौटीमा किराँतहरुको धार्मिक स्थल नजिकै नेपाली सेनाको ब्यारेक हटाउन पनि उनले माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई