पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेस, माओवादी र मधेसी दलको सरकार बनाउँछौं– युवराज सफल (भिडियो)

२४ माघ २०७४, बुधबार ०७:५६


पर्वत । माओवादी नेता युवाराज सफलले ओलीको घमण्डका कारण बाम एकता धरापमा परेको आरोप लगाएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै आफैले लिने जून  अडान लिएका छन् त्यो पार्टी एकता विरोधी कार्य भएको उनले बताए ।

निर्वाचनमा जानुपूर्व पार्टी अध्यक्ष र प्रधानमन्त्री दुइ पार्टीका अध्यक्षहरुले बाँड्ने सहमति भएपनि अहिले नेकपा एमालेले जनमतको अपमान गर्दै बाम गठबन्धन तोड्ने प्रयास गरेको उनको आरोप छ ।

पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै उनले यदि नेकपा एमालेले घमण्डनै गर्ने हो भने यो अबस्थामा एकता हुन नसक्ने उनले बताए । 

बरु हामी नेपाली काँग्रेस र मधेसी दलहरुसँग मिलेर सरकारमा जान्छौ तर सवै कुरा एमालेलाई सुम्पिएर एकतामा जादैनौं । प्रचण्डलाई नेपाली काँग्रेस, मधेसी दलहरुले पाँच बर्षका लागि प्रधानमन्त्री बन्नको लागि अफर गरेता पनि आफ्ना पार्टी अध्यक्षले बामगठबन्धन विनाको सरकारको कल्पना नगरेका कारण अहिले नेकपा एमालेले हेपेको उनले बताए ।

ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा कुसाइतमा बोलाएर बामगठबन्धन भत्काउन खोजेको उनको आरोप छ । राष्ट्रबादी कहलिएका ओली भारतसँग मिलेर राष्ट्रबादलाई तिलाञ्जली दिएको र प्रधानमन्त्री बन्नको लागि भारतकै भर परेको उनको दाबी छ ।

उनले सम्मानजनक रुपमा जिम्मेवारी बाँडफाँड नभए कुनै पनि हालतमा बाम एकता नहुने  र सो अबस्थामा केपी ओली प्रधानमन्त्री नहुने उनले दाबी गरे ।

भिडियो


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह