१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा चुनाव: वाम गठबन्धनलाई ३६ सिट, कांग्रेसलाई १३ सिट (सुचिसहित)

२५ माघ २०७४, बिहीबार ०३:१३

माघ २५, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । 

५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो । त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो ।

परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ । बुधबार २ नं प्रदेशबाहेकका ६ वटा प्रदेशहरुमा मतदान भएको थियो । २ नम्बरमा सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएपछि चुनाव नभएको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ । 

कसले कहाँ जिते ?

प्रदेश १


नैनकला ओझा (एमाले/निर्विरोध)

बिना पोखरेल (माओवादी/निर्विरोध)

सरिता प्रसाईं (कांग्रेस/निर्विरोध)

पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध)


रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध)

हरिचरण शिवाकोटी (एमाले/निर्विरोध)

खेम नेपाली (एमाले/६,२७०)

अगमप्रसाद वान्तवा (एमाले/६,१३८)


प्रदेश २


शशिकला दाहाल (माओवादी/निर्विरोध)

मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध)

प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध)

जितेन्द्र देव (कांग्रेस/निर्विरोध)


रमेश यादव (राजपा/निर्विरोध)

सुमन प्याकुरेल (एमाले/निर्विरोध)

रामप्रित पासवान (संसफो/निर्विरोध)

वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)


प्रदेश ३


धनकुमारी खतिवडा (कांग्रेस)

उदया शर्मा पौडेल (एमाले)

दिलकुमारी रावल (एमाले)

सिंगबहादुर विश्वकर्मा (एमाले)


रामचन्द्र राई (एमाले)

राधेश्याम अधिकारी (कांग्रेस)

बलरामप्रसाद बाँस्कोटा (एमाले)

रामबहादुर थापा (माओवादी/३,३९६)


प्रदेश ४


प्रकाश पन्थ (कांग्रेस/निर्विरोध)

विन्दादेवी आले (कांग्रेस२२७४)

दिपा गुरुङ (एमाले१७१६)

शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२)


सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२)

गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२)

दिनानाथ शर्मा (माओवादी/१,५३०)

खिमकुमार विक (माओवादी/३,३९६)


प्रदेश ५


कोमल वली (एमाले/निर्विरोध)

मीना बुढा (एमाले/निर्विरोध)

अनिता देवकोटा (कांग्रेस/निर्विरोध)

दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८)


खिमलाल भट्टराई (एमाले/३,००६)

चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)

रामलखन चमार (एमाले/५,५०८)

राजकुमार कुँवर (माओवादी/५,३४०)


प्रदेश ६


कविता बोगटी (एमाले)

नन्दा चपाई (एमाले)

यूटोल तामाङ (माओवादी)

नरपति लुवार (एमाले/३,६६६)


जीवन बुढा (माओवादी/३,७२०)

ठगेन्द्रप्रकाश पुरी (एमाले)

भैरवसुन्दर श्रेष्ठ (एमाले)

कालीबहादुर मल्ल (माओवादी)


प्रदेश ७


तारादेवी भट्ट (कांग्रेस/निर्विरोध)

कमला ओली (एमाले/निर्विरोध)

इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध)

बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध)


शेरबहादुर कुँवर (एमाले/निर्विरोध)

हरिराम चौधरी (माओवादी/निर्विरोध)

चक्रप्रसाद स्नेही (एमाले/३,७०८)

महेशकुमार महरा (माओवादी/३,७०८)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह