2026-09-19 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

माघ २५, विराटनगर | प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । 

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभएको थियो । 

सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा), परशुराम मेघी गुरुङ (संखुवासभा), अगम वान्तवा राई (इलाम),बिना पोखरेल (मोरङ) र रमेशजंग रायमाझी (मोरङ) लाई प्रमाणपत्र वितरण गरियो । 

नेपाली काँग्रेसबाट विजयी महिला सदस्य कृषि राज्य मन्त्री सरिता प्रसाईं (झापा) विदेश भ्रमणमा रहनुभएकाले अनुपस्थित हुनुहुन्थ्यो । 

सो अवसरमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जनताको समुन्नत हुने चाहनालाई निर्वाचित सदस्यले पूरा गर्ने विश्वास व्यक्त गर्दै निर्वाचन सफलतापूर्वक गर्नमा सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता