२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका २ महिला सांसद हुनबाट बन्चित, माओवादीमा एक मात्र पुरुष

२०७४, २६ माघ शुक्रबार ०२:२६

माघ २६, काठमाडौँ | राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याउने निर्वाचन आयोगको निर्णयले एमालेका दुई महिलाले सांसद हुनबाट वञ्चित हुनुपरेको छ।

यसअघि दुई जना मात्र पुरुष सांसद हुन पाउने अवस्था रहेको एमालेमा राष्ट्रियसभाको नतिजापछि चार जना पुरुष सांसद हुन पाउने भएका हुन्। खास आर्यतर्फकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम काटिएर दुवै कोटामा पुरुष सांसद हुन पाउने भएका हुन्। आदिवासी जनजाति कोटामा विजय सुब्बा र मधेसी कोटाबाट मोतीलाल दुगड सांसद बन्न पाउने भएका छन्। यसअघि खस आर्यबाट मुकुन्द न्यौपाने र पिछडिएको कोटाबाट मोहन बानियाँ मात्र सांसद बन्न पाउने अवस्था थियो। एमालेले समानुपातिकमा ४१ सिट जितेको छ।

आयोगको निर्णयको प्रभाव माओवादी केन्द्रमा पनि पर्ने भएको छ। १७ जना समानुपातिकमा सांसद बनाउन पाएको माओवादीले अब एक जना मात्र पुरुषलाई सांसद बनाउन पाउने भएको छ। यसअघि माओवादीबाट दुई जना सांसद बन्न पाउने अवस्था थियो। कांग्रेसलाई भने त्यति फरक नपर्ने भएको छ। ४० सिट समानुपातिकमा पाएको कांग्रेसले २० जना पुरुषलाई सांसद बनाउन पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता