१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका २ महिला सांसद हुनबाट बन्चित, माओवादीमा एक मात्र पुरुष

२६ माघ २०७४, शुक्रबार ०२:२६

माघ २६, काठमाडौँ | राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याउने निर्वाचन आयोगको निर्णयले एमालेका दुई महिलाले सांसद हुनबाट वञ्चित हुनुपरेको छ।

यसअघि दुई जना मात्र पुरुष सांसद हुन पाउने अवस्था रहेको एमालेमा राष्ट्रियसभाको नतिजापछि चार जना पुरुष सांसद हुन पाउने भएका हुन्। खास आर्यतर्फकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम काटिएर दुवै कोटामा पुरुष सांसद हुन पाउने भएका हुन्। आदिवासी जनजाति कोटामा विजय सुब्बा र मधेसी कोटाबाट मोतीलाल दुगड सांसद बन्न पाउने भएका छन्। यसअघि खस आर्यबाट मुकुन्द न्यौपाने र पिछडिएको कोटाबाट मोहन बानियाँ मात्र सांसद बन्न पाउने अवस्था थियो। एमालेले समानुपातिकमा ४१ सिट जितेको छ।

आयोगको निर्णयको प्रभाव माओवादी केन्द्रमा पनि पर्ने भएको छ। १७ जना समानुपातिकमा सांसद बनाउन पाएको माओवादीले अब एक जना मात्र पुरुषलाई सांसद बनाउन पाउने भएको छ। यसअघि माओवादीबाट दुई जना सांसद बन्न पाउने अवस्था थियो। कांग्रेसलाई भने त्यति फरक नपर्ने भएको छ। ४० सिट समानुपातिकमा पाएको कांग्रेसले २० जना पुरुषलाई सांसद बनाउन पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह