2026-08-31 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुन्छ: प्रचण्ड

माघ २७, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुनेछौ भन्नुभएको छ । 

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ आँै साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई आज रामनगरमा सम्बोधन गर्नुहँुदै उहाँले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गर्नुभयो । 

उहाँले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताउनुभयो । 

हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उहाँले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंगो राष्ट्रको संमृद्धि तर्फ र नयाँ यात्रातिर नेपाल जाओस् भन्ने मेरो चाहना छ ।” 

राज्यले नीति र ऐन कानून, नियम निर्देशिकामा सुधार गर्ने कुरामा ध्यान पु¥याउन नसकेको उहाँले बताउनुभयो । 

सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०/१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्रदेश नं ३ का भूमि व्यवस्थापन कृषि विकास र सहकारी मन्त्रालयका सचिव डा बंसि शर्माले पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्र्याउने नीति नभएको बताउनुभयो । 

उद्योग वाणिज्य महासंघका सदस्य डा तिलचन्द्र भट्टराईले वार्षिक रु १७ अर्ब भन्दा बढीको मकै, भट्टमास, सूर्यमुखी पिनालगायतका कच्चा पदार्थ विदेशबाट आउने गरेको बताउनुभयो । 

अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले किसानले लागत मूल्य पनि पाउन नसकेको, पोल्ट्री क्षेत्रमा विदेशी लगानी भित्रन थालेको, ब्याज छुट नपाएको लगायतका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । 

सोही अवसरमा भरतपुर महानगरपालिका–१ रामनगरमा संघको नाममा रहेको तीन कठ्ठा तीन धुर जग्गामा संघको कार्यालय भवनको प्रमुख अतिथि दाहालले शिलान्यास गर्नुभएको थियो । 

संघका महासचिब त्रिलोचन कँडेलका अनुसार कार्यालय कक्ष र सभाहल गरी करिब रु ७५ लाखमा भवन निर्माण गरिने छ । संघमा देशभरका सात सय अण्डा उत्पादन गर्ने कृषक र व्यवसायी आवद्ध छन् । 

१५ सदस्यीय कार्यसमिति चयन गर्दै संघको अधिवेशन आजै सम्पन्न हुँदै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै