१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वान-टु-वान वार्ता: ओली-प्रचण्ड दुवै सहअध्यक्ष, प्रधानमन्त्री पनि आलोपालो !

२९ माघ २०७४, सोमबार १२:०५

माघ २९, काठमाडौं | नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको बिषयमा बिबिध प्रश्नहरु खडा हुँदै गर्दा उनीहरु भने पार्टी एकताको मोडालिटीमा केन्द्रित भएका छन् । 

प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सम्पन्न भएको अवस्थामा वार्तामा के-कस्ता सहमति भए भन्ने बारेमा खुलाशा भएको छैन तर स्रोतका अनुसार वान-टु-वान वार्ताबाट एकता पछी पार्टी ओली-प्रचण्डले सह-अध्यक्षको रुपमा चलाउने र प्रधानमन्त्री  पनि आलोपालो चलाउने सहमति भएको बताइएको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा भेटेका हुन् । अधिकारी प्रचण्ड निकट निर्माण व्यवसायी मानिन्छन् ।

यस बिषयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले समेत अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्नेगरि सहमति भएको बताएका छन् । आज काठमाडौमा भएको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले  ओली–प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् । तर पार्टी नेतृत्वको बिषयमा भने उनले खुलाएनन् । रावलले दिएको संकेत अनुसार असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन ७ बुँदे सहमति बाहिर ल्याएर दुवै पार्टीले नेतृत्व आलोपालो चलाउने बिषय उठिसकेको स्मरण गराए । उनले अब घोषणा गर्न मात्र बाँकी रहेको बताए । 

आजको वान-टु-वान वार्तामा माओवादी र एमालेले निर्वाचन नतिजा घोषणा लगत्तै बाम गठबन्धनको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेताहरुले बताएका छन् । 

एकता तथा नयाँ सरकार गठनबारे ओली र प्रचण्डबीच भोलि पनि वार्ता हुनेछ । भोली दुई नेताबीचको वार्ता निष्कर्षमा गए पर्सी पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । 

नेताहरुले बिभिन्न तर्कहरु दिए पनि एकताको लागि दुवै पक्षले विन-विनको बाटो समाउने पक्का छ, यस्तो अवस्थामा एमाले र माओवादीबीच मुख्य दुई पद प्रधानमन्त्री र पार्टी अध्यक्ष एक र अर्कालाई भाग लगाउने भन्दा पनि दुवै पद दुवैलाई हुने गरि सहमति हुने पक्कापक्कि भएको बताइएको छ । यस्तो भएमा प्रचण्ड र ओली दुवैको बराबर जिम्मेवारी हुनेगरि पार्टी नेतृत्व र प्रधानमन्त्री पनि आधा-आधा समयसम्म संचालनको सहमति हुनेछ । 

एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेलेनै राख्ने प्रस्ताव अघि सारेपनि एमालेका अन्य नेताहरु यसमा सहमत छैनन् । तर गौतमको प्रस्तावलाई माओवादीले पनि सकारात्मक रुपमा लिएको छैन । किनभने प्रचण्डलाई अध्यक्ष दिने उक्त प्रस्तावमा सेरेमोनियल अध्यक्ष भन्ने कुरा जोडिएको छ । यस्तो अवस्थामा अध्यक्ष भन्दा पनि बढी शक्तिशाली महासचिव हुन्छ ।

माओवादीले ओली नेतृत्वको सरकार बन्नु अगावै पार्टी पार्टी एकताको प्रारुप तयार हुनुपर्नेमा जोड दिएको अवस्थामा एमाले पनि दवावका साथ एकतालाई टुंग्याउन लागि परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह