२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रियसभा सदस्यलाई गाउँपालिका र शान्ति मावि बाँगीबाट सम्मान

२०७४, २९ माघ सोमबार १६:५९

माघ २९, अर्घाखाँची | मालारानी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय र शान्ति मावि बाँगीले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खडका, प्रदेससभा सदस्य निर्मला क्षेत्री र मालारानी गाउ“पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीलाई सम्मान गरेको छ ।

बाँगीबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा आज एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरेको छ । विशेष कामले जिल्ला बाहिर भएकाले कार्यक्रममा प्रमिला उपस्थित भईनन् ।

सम्मानपछि बोल्ने वक्ताले बाँगीबाट संघीय संरचनाको तीनै तहमा प्रतिनिधित्व भएको भन्दै खुसी व्यक्त गरे । खड्का माओवादी केन्द्रीय सचिवालय सदस्य, निर्मला कांग्रेस नेतृ र प्रमिला एमाले नेतृ हुनुहुन्छ ।

सम्मानपछि खडकाले एउटै गाउ“बाट तीनै तहमा तीन पाटीबाट प्रतिनिधित्व गर्न पाउनु खुसीको कुरा भएको बताउँदै गाउँको विकासको लागि सबै एकजुट हुनुपर्ने बताए 


शान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेनुभएका खडकाले बाँगीलाई प्राथमिकतामा राखेर विकासमा नमूना गाउँ बनाउने उदघोष गरे । पाटी भन्दा माथि उठेर गाउँ, जिल्ला र देसको विकास गरेर सम्बृद्ध र विकसित राष्ट्र बनाउनु पर्ने बताए ।

५ नम्बर प्रदेससभा सदस्य निर्मला क्षेत्रीले बाँगीमा के कस्ता विकासका समस्या छन, के गर्नुपर्छ खाका बनाएर पेस गर्न जनप्रतिनिधि र स्थानीयलाई आग्रह गर्दै विकास योजनाको बजेट पार्नमा आफुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बांगी कृषि उत्पादनमा राम्रो संभावना बोकेको भन्दै क्षेत्रीले सबै सहकारीमा आबद्ध हुनुपर्ने र कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने र ठाउँ–ठाउँमा तरकारी संकलन केन्द्र बनाएर बजार पठाएर आम्दानी भित्राउने व्यवस्थाको लागि आफु लागि पर्ने बताईन ।

एमाले जिल्ला सचिव रामबहादुर चौहानले मुलुकमा राजनीति क्रान्ति सकिएकाले अब आर्थिक क्रान्तिबाट सम्बृद्ध राष्ट्र बनाउन सबै दल र नेता एकजुट भएर लाग्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, कांग्रेस बाँगीका सभापति मणिराम खनाल, एमालेका पूर्वअध्यक्ष हुमबहादुर महत लगायतले सांसदलाई बधाई तथा शुभकामना दिएका थिए । पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, कान्तिपुर दैनिकका उप–सम्पादक वीरेन्द्र केसी, पत्रकार नविन केसी, नेत्रप्रसाद मरासीनी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडाध्यक्ष शोभाखर भुसालको अध्यक्षता, शिक्षक तारा भुसालको सञ्चालन र वडासदस्य डालबहादुर चौहानको स्वागतमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका कृषक समुहका अध्यक्ष टीकाबहादुर खडका, समाजसेवी ठाकुर पंथी लगायत गाउँबाट उल्लेख्य संख्यामा सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा