१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रबाट समानुपातिक सांसदहरुको सूची पेश (को-को परे ?)

२९ माघ २०७४, सोमबार १७:२७

माघ २१, काठमाडौँ (रासस) | नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल हुनुहुन्छ । शर्मा पूर्वमन्त्री एवं सभासद् हुनुहुन्छ । सुवेदी पूर्वउपसभामुख, चापागाईँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुनुहुन्छ । पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुनुहुन्छ । 

यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहनुभएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । जयपुरी पूर्वमन्त्री तथा ओनसरी पूर्वसभामुख हुनुहुन्छ । यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट हुनुभएको छ । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन हुनुभएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । 

माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा चयन हुनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ । 

पार्टी एकताले गति लियो 

प्रवक्ता भुसालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच आज भएको छलफल सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले एकताका सन्दर्भमा आजको छलफलले केही सकारात्मक गति लिएको र एकाध दिनभित्रै सार्थक निष्कर्षमा पुग्ने राससलाई बताउनुभयो । 

“छलफल असाध्यै सकारात्मक छ । एकाध दिनभित्रै सार्थक परिणाम निस्कन्छ”, प्रवक्ता भुसालले भन्न्भयो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज एक्लाएक्लै भेटवार्ता भएको थियो । मंगलबार अध्यक्षद्वयबीच एक्लाएक्लै पुनः भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह