२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा पूजा एवम् दर्शन

२०७४, १ फाल्गुन मंगलवार १२:१८

फागुन १, काठमाडौँ | महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गर्नुभएको छ । 

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई पूजा एवम् दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

कोष सञ्चालक परिषद् सदस्य एवम् प्रचारप्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिनुभएको जानकारीअनुसार धेरै भक्तजन लाममा बस्नुभएकाले उहाँहरूले छोटो समयमा पूजा एवम् दर्शन गर्नुभएको थियोे ।

पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुग्नुभएको थियो । उपराष्ट्रपति पुन फर्कनुभएको आधा घण्टापछि राष्ट्रपति भण्डारी पूजा एवम् दर्शनका लागि पशुपति पुग्नुभएको थियो । 

दिउँसो १ बजेसम्म पशुपतिनाथ मन्दिरभित्रै छिरेर चार लाख भक्तजनले पूजा एवम् दर्शन गरेको उहाँले जानकारी दिनुभयो । यसवर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनको आधिकारिक तथ्यांक लिन विशेष व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने मूलढोकामा नेपाल स्काउटले तथ्यांक संकलनका लागि कुपनको व्यवस्था गरेको जनाइएको छ । 

यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन गौशाला–चावहिल सडकमा नरोकिएको कोषले जनाएको छ । यसले गर्दा दर्शनार्थी एवम् यात्रुलाई सुविधा पुगेको थियो । बिहान सिमेसिमे पानी परेपनि भक्तजनको भीड लागेको थियो । 

यस वर्ष १३ लाख भक्तजनले पशुपतिमा पूजा एवम् दर्शन गर्ने कोषको प्रारम्भिक अनुमान छ । आज मध्यरातसम्म नै भक्तजनको पशुपतिमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता