नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्मा"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

जनयुद्ध दिवसलाई सम्झदै सांसद नेत्रनाथ अधिकारीले भने–२३ बर्षको सपना अब पाँच बर्षमा पुरा गर्नुछ

१ फाल्गुन २०७४, मंगलवार १३:०१



नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्माबजारमा मंगलबार बोल्दै समृद्धि र समाजवादको लागि युवाहरु श्रममा लाग्नुपर्ने बताए । सभासद् अधिकारीले युवाले नै परिवर्तनको बाहक भएकाले युवाहरु ईमान्दारीका साथ देशविकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । अधिकारीले अव ५ वर्षका लागि साझा व्यक्ति ४ नम्वर प्रदेशको सभामुख हुनुपर्ने भएकाले जिल्लापार्टिलाई चुस्त दुरस्त राख्न पार्टी पङ्गतीलाई आग्रह गरेका थिए ।

पर्वत जिल्ला वाईसियल भेला आयोजक समितिका संयोजक हरिपौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहईन्चार्ज गुप्तबहादुर हमाल, गगन बहादुर थापा लगायतले बोलेका थिए ।
यसैबिच वाईसियल तेस्रो जिल्ला सम्मेलन अयोजक समितिको अध्यक्षमा भोज बहादुर परियार चयन भएका छन् ।

३९ सदस्यीय आयोजक समिती रहेको वाइसियल पर्वतको तेस्रो जिल्ला सम्मेलनका लागि उपाध्यक्षमा रुपक भट्ट, कमल लामिछाने, वलराम नेपाली, डण्डपाणी भट्टराई चयन भएका छन् त्यसैगरी सचिवमा लील क्षेत्री, कृष्ण, सहसचिवमा प्रवेश पुर्जा, किसान विक, सूर्य मल्ल थापा रहेका छन् त्यसैगरी सदस्यहरुमा एलिस परियार, सन्देश भुजेल, हेम बहादुर पुन, श्याम पुन, राजु विक, अमिर परियार, भीम फकामी, मुरारी सुवेदी, प्रमानन्द चापागाई, युवराज न्यौपाने, प्रदिप सुवेदी, नारायण पौडेल, कृष्ण विक, विष्णु भुसाल, प्रेम शर्मा लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह