२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सांसदहरुलाई सस्तोमा घडेरी दिने भनिएको छैन’ – हेटौडाका मेयर

२०७४, १ फाल्गुन मंगलवार १५:३५

फागुन १, हेटौडा । हेटौंडा नगरबिकाश समितिको स्वामित्वमा रहेको जग्गा तीन नंम्बर प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा दिने सर्बदलिय छलफल भएको हेटौंडा उपमहानगरपालिकाले स्पष्ट पारेको छ । 

सबै सर्बदलिय सर्बपक्षिय बैठकले हेटौंडा नगर बिकाश समितिको स्वामित्वमा रहेको हेटौंडा ८ कमानेमा रहेको जग्गा यस प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा मात्र दिने भनीएको हो । हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलदे आज बिज्ञप्ती जारी गर्दै कुनैपनि सांसदलाई सित्तैमा र सस्तोमा घडेरी दिने कदापी नभनेको बताउनुभयो । यहाँकै चलनचल्तीको मुल्यमा नगरबिकाश समितिका अध्यक्ष राजिब सुबेदीको अध्यक्षतामा बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले पाँच बर्षभित्रमा पैसा चुक्ता गर्नचै पाईने तर पैसा चुक्ता गरेपछी मात्र घडेरी पास गरिदीने मात्र भनिएको मेयरद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

कतै सामाजीक संजालमा हेर्दा र कुनै संचार माध्यममा त्यसका बारेमा बुझाईमा कठिनाई भएको हुन सक्ने उहाँको भनाई छ । त्यो पनि किस्ताबन्दीमा घडेरी खरिद गर्न चाहने सांसदहरुका लागि मात्र भनेको बताइएको छ । सांसदहरुलाईआफुहरुले लोभ देखाउन नखोजेका जारी बिज्ञप्तीमा उल्लेख छ ।  नगरबिकाशले बषौअघिपनि आम सर्बसाधरणलाई घडेरी बिक्री गरेको र त्यही मोडलमा बिक्री गर्नका लागि छलफल भएको उहाँले बताउनुभयो ।  राम्रो र सफा मनसायले सांसदलाई घडेरी बिक्री गर्ने भनेर हामीले गलत काम गर्न नखोजेका जारी बिज्ञप्तीमा उल्लेख छ । 

तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा तोकिएकोमा सबै हेटौंडाबासी हर्ष बिभोर भएका अनि खुसी भएको उहाँले बताउनुभयो । अब यस अस्थायी राजधानीलाई तीन नंम्बर प्रदेशको सरकार र संसदले स्थायी बनाउनेमा आशा र विश्वास राखेको भन्दै जारी बिज्ञप्तीमा भनिएको छ – 'यस प्रदेशका एक सय दश जना सांसदज्युहरुले यस अस्थायी राजधानीलाई स्थायी बनाउन कुनै कसर बाकी राख्नुहुने छैन भन्नेमा हामी आसाबादी छौ ।’ यस प्रदेशका बिभीन्न १३ वटा जिल्लाबाट आउनुभएका सांसदहरुलाई सधै अरुको भाडाको घरमा बसेर कठिनाई भोग्न नपरोस भनेर अहिले पनि हेटौडाका एक दर्जन सरकारी कार्यालयका क्वाटरहरु प्रयोग बिहीन भएकालाई प्रयोग गर्ने र भवनहरुको पनि संरक्षण गर्ने भनिएको मेयर महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा