२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सांसदहरुलाई सस्तोमा घडेरी दिने भनिएको छैन’ – हेटौडाका मेयर

१ फाल्गुन २०७४, मंगलवार १५:३५

फागुन १, हेटौडा । हेटौंडा नगरबिकाश समितिको स्वामित्वमा रहेको जग्गा तीन नंम्बर प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा दिने सर्बदलिय छलफल भएको हेटौंडा उपमहानगरपालिकाले स्पष्ट पारेको छ । 

सबै सर्बदलिय सर्बपक्षिय बैठकले हेटौंडा नगर बिकाश समितिको स्वामित्वमा रहेको हेटौंडा ८ कमानेमा रहेको जग्गा यस प्रदेशका सांसदहरुलाई चलनचल्तीको मुल्यमा मात्र दिने भनीएको हो । हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलदे आज बिज्ञप्ती जारी गर्दै कुनैपनि सांसदलाई सित्तैमा र सस्तोमा घडेरी दिने कदापी नभनेको बताउनुभयो । यहाँकै चलनचल्तीको मुल्यमा नगरबिकाश समितिका अध्यक्ष राजिब सुबेदीको अध्यक्षतामा बसेको सर्बदलिय, सर्बपक्षिय बैठकले पाँच बर्षभित्रमा पैसा चुक्ता गर्नचै पाईने तर पैसा चुक्ता गरेपछी मात्र घडेरी पास गरिदीने मात्र भनिएको मेयरद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

कतै सामाजीक संजालमा हेर्दा र कुनै संचार माध्यममा त्यसका बारेमा बुझाईमा कठिनाई भएको हुन सक्ने उहाँको भनाई छ । त्यो पनि किस्ताबन्दीमा घडेरी खरिद गर्न चाहने सांसदहरुका लागि मात्र भनेको बताइएको छ । सांसदहरुलाईआफुहरुले लोभ देखाउन नखोजेका जारी बिज्ञप्तीमा उल्लेख छ ।  नगरबिकाशले बषौअघिपनि आम सर्बसाधरणलाई घडेरी बिक्री गरेको र त्यही मोडलमा बिक्री गर्नका लागि छलफल भएको उहाँले बताउनुभयो ।  राम्रो र सफा मनसायले सांसदलाई घडेरी बिक्री गर्ने भनेर हामीले गलत काम गर्न नखोजेका जारी बिज्ञप्तीमा उल्लेख छ । 

तीन नंम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा तोकिएकोमा सबै हेटौंडाबासी हर्ष बिभोर भएका अनि खुसी भएको उहाँले बताउनुभयो । अब यस अस्थायी राजधानीलाई तीन नंम्बर प्रदेशको सरकार र संसदले स्थायी बनाउनेमा आशा र विश्वास राखेको भन्दै जारी बिज्ञप्तीमा भनिएको छ – 'यस प्रदेशका एक सय दश जना सांसदज्युहरुले यस अस्थायी राजधानीलाई स्थायी बनाउन कुनै कसर बाकी राख्नुहुने छैन भन्नेमा हामी आसाबादी छौ ।’ यस प्रदेशका बिभीन्न १३ वटा जिल्लाबाट आउनुभएका सांसदहरुलाई सधै अरुको भाडाको घरमा बसेर कठिनाई भोग्न नपरोस भनेर अहिले पनि हेटौडाका एक दर्जन सरकारी कार्यालयका क्वाटरहरु प्रयोग बिहीन भएकालाई प्रयोग गर्ने र भवनहरुको पनि संरक्षण गर्ने भनिएको मेयर महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य