२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कर्णाली बनाउन प्रदेशमा झरेको हुँः सांसद शाही

२०७४, १ फाल्गुन मंगलवार १५:५५

फागुन १, सुर्खेत (रासस) | हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका जीवनबहादुर शाहीले कर्णाली बनाउन आफू प्रदेशमा झरेको बताउनुभएको छ । 

यस प्रदेशका नागरिकको समृद्धि र विकासलाई ध्यानमा राखेर प्रदेश झरेको बताउँदै उहाँले “प्रथमतः यो प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेर काम गर्न हुम्ली जनताले मलाई निर्वाचित गरेका थिए तर मुलुकमै नेपाली काँग्रेसको अनपेक्षित पराजयको परिणामले यो अवसर गुम्यो, तथापि प्रदेश निर्माणको सवालमा हामीले महत्वपूर्ण प्रतिपक्षको भूमिका पाएका छौँ,” भन्नुभयो । 

“६ नं प्रदेशको ५२ प्रतिशत गरिबी घटाएर सम्पन्न प्रदेश बनाउनु सामान्य कुरा छैन, यसमा सबै जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले साझा भूमिका निर्वाह गर्नुपर्दछ,” रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “यो प्रदेशको समृद्धिका लागि विगतको राजनीतिक संस्कारमा परिमार्जन आउनुपर्दछ ।” 

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री शाहीले यो प्रदेशको अर्थतन्त्र बलियो बनाउन उत्पादनमा वृद्धि र उद्योगधन्दाको विकास गर्नुपर्ने बताउँदै जनताको कर असुलेर अर्थतन्त्र बलियो नहुने धारणा व्यक्त गर्नुभयो । 

दूरदर्शी र दीर्घकालीन महत्वका योजना बनाउन सके कर्णालीको बाटो र ढुंगामा पनि पैसा लुकेको छ, उहाँले भन्नुभयो, “यो प्रदेशको समुन्नतिका लागि सबैभन्दा ठूलो कुरा मानव संसाधन हो, यसको भरपुर प्रयोग हुनुपर्दछ ।” 

पैसाका लागि योजना माग्ने संस्कार पूर्ण रुपले अन्त्य गर्न सक्नुपर्दछ, सांसद शाहीले भन्नुभयो– “साना तिने टप्के र पट्के योजनाले धुलो उडाउने र भ्रष्ट प्रवृत्ति एवम् पात्र बाहेकको विकास नहुने हुँदा दूरगामी महत्वका योजनालाई विशेष प्राथमिकता दिनुपर्दछ ।” 

प्रदेशको समृद्धि र समुन्नतिका लागि बाटो, बिजुली, विचार (सञ्चार), वन, बजार र व्यवस्थापनजस्ता ६ वटा ‘ब’ मा विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं जल, जंगल, जडीबुटी, पर्यटन, कृषि, खानी, खनिजयुक्त यो प्रदेशको सामान्य ढुंगामा पनि धन रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा