१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवलाई प्रचण्डले भने – ‘दिवास्वप्नबाट ब्यूँझनुस्’

१ फाल्गुन २०७४, मंगलवार १७:०४

फागुन १, फागुन | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई अपील गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले र माओवादीबीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियान भएको बताए ।

सोमबार भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको महत्वपूर्ण भूमिका थियो र छ’ भन्ने स्वीकार गरेको सुनाउँदै उनले भने, ‘आजकै दिन पार्टी एकता टुंग्याउन सकियो भने राम्रो हुन्छ । हाम्रो प्रयास छ आज नै टुंगोमा पुगोस् ।’

प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे ।

विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नाबाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’

‘क्रान्ति रहर र लहडमा हुँदैन’ भन्नु अघि उनले लामो पृष्ठभूमि बाँधेर सशस्त्र विद्रोहको एजेण्डा थाती राखेर पञ्चायतविरुद्ध कांग्रेस, एमालेहरुसँग जनआन्दोलनमा सहभागी भएको तथा बहुदल आएपछि पनि संसदमा गएको सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह