२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवलाई प्रचण्डले भने – ‘दिवास्वप्नबाट ब्यूँझनुस्’

२०७४, १ फाल्गुन मंगलवार १७:०४

फागुन १, फागुन | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई अपील गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले र माओवादीबीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियान भएको बताए ।

सोमबार भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको महत्वपूर्ण भूमिका थियो र छ’ भन्ने स्वीकार गरेको सुनाउँदै उनले भने, ‘आजकै दिन पार्टी एकता टुंग्याउन सकियो भने राम्रो हुन्छ । हाम्रो प्रयास छ आज नै टुंगोमा पुगोस् ।’

प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे ।

विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नाबाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’

‘क्रान्ति रहर र लहडमा हुँदैन’ भन्नु अघि उनले लामो पृष्ठभूमि बाँधेर सशस्त्र विद्रोहको एजेण्डा थाती राखेर पञ्चायतविरुद्ध कांग्रेस, एमालेहरुसँग जनआन्दोलनमा सहभागी भएको तथा बहुदल आएपछि पनि संसदमा गएको सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन