२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित

२०७४, २ फाल्गुन बुधबार १०:२८

फागुन २, बुटवल | प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । 

सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गर्नुभएको थियो । 

आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुनुहुन्छ । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । उहाँकी श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर हुनुहुन्छ ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हाल्नु भएको थियो । पछिल्लोपटक उहाँ नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएको थियो । 

साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्नुहुने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । 

आजको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मितिसमेत तोकेको छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ । 

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

उहाँले मुलुकमा संघीय गणतन्त्र स्थापना भएको अवस्थामा नयाँ जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले अहिले कार्य क्षेत्र फरक भएको जनताप्रति, राष्ट्रको समृद्धिप्रति र जनताको अधिकारलाई सुनिश्चित गर्ने अभिभारा पूरा गर्ने प्रतिबद्धता नै पहिलो हुने बताउनुभयो । 

सभामुख घर्तीले प्रदेश नं ५ को विकासका लागि समृद्धि नै मुख्य हुने बताउँदै त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै सबैको सामूहिक चाहना र प्रतिबद्धता रहने बताउनुभयो । 

उहाँले प्रदेश नं ५ मा समृद्धिका मुख्य आधार जल, जमिन, कृषि, पर्यटनलगायत ऐतिहासिक धरोहरमा यो प्रदेश धनि भएको त्यसलाई संरक्षण, संवद्र्धन गरेर योजनावद्ध विकासका खाका बनाएर काम गर्न सकिने बताउनुभयो । 

सभामुख घर्तीले प्रदेश नं ५ को स्थायी राजधानी जनतालाई सहज हुनेगरी सबैको सहमतिमा यसको टुंगो लगाइने समेत स्पष्ट पार्नुभयो । 

नवनिर्वाचित सभामुख घर्तीलाई आजनै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको शपथ गराउनु हुनेछ । शपथ ग्रहण समारोह प्रदेश प्रमुखको सचिवालयमा अहिले बेलुका ४.३० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा