१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एमालेको निर्णय

२ फाल्गुन २०७४, बुधबार ११:५६

फागुन २, काठमाडौँ | नेकपा (एमाले)ले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । 

ललितपुरको मानभवनस्थित एक निजी घरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बैठकमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराउनुभएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराउनुभएको थियो । 

एमाले स्थायी समितिको बैठक सकिएलगतै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीचको वान टु वान बैठक सुरु भएको छ । उहाँहरूको बैठक सकिएलगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह