१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ ग्रहण ४ बजे हुने

३ फाल्गुन २०७४, बिहीबार ०६:२१

 फागुन-३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा  नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा आज  नियुक्त गरेका हुन् । यसअघि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुला भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे  शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको छ  ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

मुलुकको ४१ औं प्रधानमन्त्री केपी शर्मा ओली, को हुन् ओली ?

-जन्म २००८ फागुन ११ , तेह्रथुमको इवा गाविस २ तीनसल्ले 

-बुबाको नाम मोहनप्रसाद ओली 

-आमाको नाम मधु 

-पढाइ सुरु: तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ( तत्कालीन प्रणामी प्रावि) बाट  

-२०२३ सालदेखि नै राजनीतिमा प्रवेश 

-२०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता र सोहि वर्ष भूमिगत 

-पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा २०२७ सालमा पक्राउ 

-०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमा 

-२०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख 

-२०४८ सालदेखि उहाँले निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा जिमेवारी 

-२०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित 

-२०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित 

-२०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी 

-संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक पार्टी प्रमुख 

-उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री साथै  एमालेको विदेश विभाग प्रमुख भूमिका निर्वाह 

-२०७२ मा पहिलो पटक प्रधानमन्त्री

-आठौं महाधिवेशनमा पार्टी अध्यक्षमा  झलनाथ खनालसँग पराजित 

-नवौं महाधिवेशनमा माधव नेपाललाई हराएर पार्टी अध्यक्षमा निर्वाचित 

-२०७४ सलामा दोस्रो पटक प्रधानमन्त्री  

-५१ वर्षदेखि  राजनीतिमा  सक्रिय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह