२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त,शपथ ग्रहण ४ बजे हुने

२०७४, ३ फाल्गुन बिहीबार ०६:२१

 फागुन-३, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा  नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा आज  नियुक्त गरेका हुन् । यसअघि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुला भएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे  शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको छ  ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्, जबकी बहुमतका लागि १३८ सांसद भए पुग्छ ।

मुलुकको ४१ औं प्रधानमन्त्री केपी शर्मा ओली, को हुन् ओली ?

-जन्म २००८ फागुन ११ , तेह्रथुमको इवा गाविस २ तीनसल्ले 

-बुबाको नाम मोहनप्रसाद ओली 

-आमाको नाम मधु 

-पढाइ सुरु: तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ( तत्कालीन प्रणामी प्रावि) बाट  

-२०२३ सालदेखि नै राजनीतिमा प्रवेश 

-२०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता र सोहि वर्ष भूमिगत 

-पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा २०२७ सालमा पक्राउ 

-०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमा 

-२०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख 

-२०४८ सालदेखि उहाँले निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा जिमेवारी 

-२०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित 

-२०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित 

-२०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी 

-संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक पार्टी प्रमुख 

-उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री साथै  एमालेको विदेश विभाग प्रमुख भूमिका निर्वाह 

-२०७२ मा पहिलो पटक प्रधानमन्त्री

-आठौं महाधिवेशनमा पार्टी अध्यक्षमा  झलनाथ खनालसँग पराजित 

-नवौं महाधिवेशनमा माधव नेपाललाई हराएर पार्टी अध्यक्षमा निर्वाचित 

-२०७४ सलामा दोस्रो पटक प्रधानमन्त्री  

-५१ वर्षदेखि  राजनीतिमा  सक्रिय

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन