२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कृषिमा लगानी गरी देशलाई समृद्ध बनाउँछौँ: प्रचण्ड

२०७४, ३ फाल्गुन बिहीबार १२:४४

फागुन ३, सिन्धुली | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आगिंक क्याम्पसको मरिण गाउँपालिका–६ मा आज भवन शिलान्यास तथा कक्षा उदघाट्न गर्दै उहाँले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन हुन नसक्ने उहाँको तर्क छ । नेपालको विकास गर्ने हो भने व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो । 

नेपालमा दिगो विकास गर्ने हो भने कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिँदै अब वाम गठवन्धनको सरकारले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अब बन्ने सरकारले कृषि, प्राविधिक तथा अनुसन्धान विश्वविद्यालय खोल्न बजेटको अभाव हुन नदिइने उहाँले बताउनुभयो । दुई पार्टीबीच नेतृत्वको विषय टुङ्गिसकेको बताउँदै उहाँले अन्य केही प्राविधिक कुरा भने केही दिनमा नै मिल्ने बताउनुभयो । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविले मन्त्रिपरिषद्को निर्णयलाई नमान्दा विश्वविद्यालय सञ्चालनमा नै समस्या भएको बताउनुभयो । सिन्धुलीको मरिण गाउँपालिका–६ मा खुलेको कृषि क्याम्पसमा हाल ५० विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता