२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहिबार राष्ट्रपति गुल्मी आउने, सुरक्षा व्यवस्था आजैदेखि कडा

३ फाल्गुन २०७४, बिहीबार १४:४५

प्रेम सुनार/फाल्गुन ३, गुल्मी । भाली गुल्मीको रिडी र भुवाचिदीका गरी दुई विद्यालयका बेग्ला बेग्लै कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी आउने भए पछि आजै देखि सुरक्षा व्यवस्था कडा पारिएको  छ । 

रिडीको संस्कृत तथा साधरण माध्यमिक विद्यालयको सतवार्षिकी समारोमा र  भुवाचिदीको त्रिभुवन माध्यामिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्वोधन गर्न राष्ट्रपति भण्डारी आउने कार्यक्रम रहेको छ ।

सुरक्षा व्यवस्थाका सम्वन्धमा हामीले गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद खनाल संग जिज्ञाषा राख्दा उनले सुरक्षा व्यवस्था आजै देखि कडा पारिएको जानकारी दिए ।  

हामी आज रिडीमा पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुराज ढकाल सहित संयुक्त बैठक बस्यौं प्रमुख जिल्ला अधिकारी अर्यालले भने पाल्पा, गुल्मी र स्याङ्गजा समेतको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम, प्रदेश सांसद कमलराज श्रेष्ठ, उता मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, प्रदेश सांसद खड्ग केसीले राष्ट्रपति गुल्मी आउनुलाई गौरवको रुपको रुपमा लिएर स्वागतका लागि आफुहरु व्याग्र प्रतिक्षामा रहेको बताए । 

नगर प्रमुख सापकोटाले  र ति दुवै विद्यालयले गुल्मीका सवै सञ्चार माध्यममा सुचना प्रवाह गरी सारा जिल्लावासी र छिमेकी जिल्लावासीलाई समेत राष्ट्रपति भण्डारीको स्वागतका लागि निमन्त्रणा गरेका छन् ।

भोली विहान राष्ट्रपति भण्डारी कालिगण्डकीमा स्नान गर्ने ऋषिकेश मन्दिर सहित विभिन्न मठ–मन्दिरमा दर्शन र रुरु क्षेत्रको अवलोकन गर्ने र त्यस लगत्तै रिडीको संस्कृति तथा साधरण माध्यामिक विद्यालयको सतवार्षिकी समारोहमा शरिक हुने त्यस पति भोली नै त्रिभुवन माध्यमिक विद्यालय कुर्घा भुवाचिदीको स्वर्णमहोत्सवमा सहभागि भई राजधानी फर्किने कार्यक्रम रहेको जनाईएको छ ।  

गणतन्त्र पछि गुल्मीमा राष्ट्र प्रमुखको यो दोश्रो भ्रमण हो भने राष्ट्रपति भण्डारीको यो पहिलो भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…