<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ४ मा मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण

४ फाल्गुन २०७४, शुक्रबार ०७:२१

फागुन ४, पोखरा | प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 


प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । 

शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ, प्रदेशसभाका सदस्य, प्रतिनिधि एवं राष्ट्रियसभाका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालसहित उच्च सुरक्षा अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । 


दुई सदस्यीय मन्त्रिपरिषद् 

मुख्यमन्त्री गुरुङले आजै दुई सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । 

प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा आज आयोजित शपथ ग्रहण समारोहमा प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् गठनको पत्र प्राप्त भएको जानकारी गराउँदै त्यसको व्यहोरा बाचन गर्नुभएको थियो । 

गठित मन्त्रिपरिषद्मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा रामशरण बस्नेतलाई तथा अन्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री गुरुङ स्वयंले लिनुभएको छ । मन्त्री बस्नेतले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बसिरहेको छ । 

पद बहाली 

प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री गुरुङ, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बस्नेत र सभामुख अधिकारीले आजै पद बहाली गर्नुभएको छ । 

सभामुख अधिकारीले पार्दीस्थित शहीद पार्कमा पुगेर शहीदको शालिकमा माल्यार्पण गरी नदीपुरस्थित सभामुखको कार्यालयमा पुगी पद बहाली गर्नुभयो भने मुख्यमन्त्री गुरुङ तथा बस्नेत आजै पुष्पलाल स्मृति पार्कमा पुगी पुष्पलालको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह