2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुष्पलाल र मनमोहन पदभन्दा माथि थिए: प्रधानमन्त्री

फागुन ४, ललितपुर | प्रधानमन्त्री केपी शर्मा ओलीले सानेपास्थित प्रथम वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको शालिकमा आज माल्यार्पण गर्नुभएको छ । 

मनमोहन स्मृति भवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले अधिकारीबाट प्रेरित भएर काम गर्ने बताउनुभयो । अधिकारीले सिंगो जीवन देशवासी र मानवजातिको अधिकारका लागि लडेको बताउँदै उहाँले भन्नुभयो, “अधिकारी निष्ठावान्, बफादार, क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो, उहाँले पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा असाधारण छाप छाड्नुभयो । ” 

प्रधानमन्त्री ओलीले पुष्पलाल र मनमोहनजस्ता व्यक्तित्व पदभन्दा माथि रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, नेता भरतमोहन अधिकारी, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलगायतले पनि नेकपा(एमाले)का तत्कालीन अध्यक्ष अधिकारीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता