२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुखि नेपाली समृद्धि नेपाल निर्माणमा मुलुक अग्रसरः राष्ट्रपति बिद्यादेवी भण्डारी

२०७४, ४ फाल्गुन शुक्रबार १४:०४

प्रेम सुनार | फागुन ४, गुल्मी । राष्ट्रपति बिद्यादेवी भण्डारीले राजनितिक स्थायित्व र दिगोशान्ति कायम गर्दै  सुखि नेपाली समृद्धि नेपाल निर्माण गर्ने कार्यभार पुरा गर्न मुलुक अग्रसर भएको बताएकी छन् । शुक्रवार गुल्मीको रुरु गाउँपालिका वडा नम्बर १ रिडी स्थित रुरु संस्कृत तथा साधारण माबिको सतवार्षिकी अबसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संस्कृति शिक्षाको  आधुनिकरण गर्दै समृद्ध समाज बिकास गर्न समद्ध पक्ष दिनुपर्ने बताइन् ।

उनले सामाजिक तथा सास्कृतिक सहिसुर्णता सदभावलाई थप सुदृढ पार्दै देशको गौरवशालि मौलिक पहिचाहन सहित अघिवढने हाम्रो दायित्व हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले शैक्षिक बिकास मार्फत ज्ञानका बिभिन्न क्षेत्रहरुको उजागरण गर्नु यस सन्र्दभमा उपयुक्त हुने बिश्वास गरिन् ।

संस्कृत प्राचिनतम भाषका अत्तिरित्व अधिकांश भाषाहरुको जननी ज्ञान र एबं बौदिकताको अथाहा भण्डार भएको बताइन् । यो भाष र यसमा लिखित बहुमुल्य प्राचिन गन्थ्रहरु हाम्रा पूर्खाहरुले आर्जन गरेका ज्ञान र बिज्ञानका अपरिमित उपलब्धीहरु समाबिष्ट भएको बताइन् । तर यस भाषाको समुचित संरक्षण हुननसक्दा भाषासागै यसमा अन्तरनिहित धेरै समृद्ध ज्ञानबाट आजको मानव समुदाय बिमुख हुनुपरेको बताइन् ।

उनले सयौ वर्ष पहिले स्थापना भएको बिद्यालयले महत्वपुर्ण योगदान रहेको बताइन् । उनले यस बिद्यालयबाट उत्पादित जनशक्तीले गुल्मी र आसपासका जिल्लाहरुमा मात्रै नभई राष्ट्रको बिभिन्न क्षेत्रमा योगदान पुराउनु बिद्यालयको निम्ती गौरवको बिषय भएको बताइन् ।

रुरु क्षेत्र धार्मिक महत्व बोकेको क्षेत्र रहेकाले चिन र भारत जोडने निर्माणधिन कालिगण्डकी करिडोरले रुरु रिडी मुख्य व्यापारिक नाका बन्ने बताइन् । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थलसँगै पस्ताबित लुम्बिनी चक्रपथ मार्फत रुरु क्षेत्रसागै सबै पर्यटकिय स्थल गरेर आबद्ध गरेर एउटा उतकृष्ट पर्यटकिय गनतब्यका रुपमा बिकास गर्न सकिने बताइन् ।

उनले गुल्मी, पाल्पा स्याङजाको संगम क्षेत्र रुरु धार्मिक नेवार मगर लगायत बिभिन्न जातजातिहरुको संस्कृतिहरुको केन्द्र रहेको बताइन् । रिडी स्थित सँस्कृत तथा साधारण माबिले १ सय वर्ष पुरा गरेको अबसरमा सतवार्षिकी उद्घाटनसँगै गुल्मीकै मुसिकोट नगरपालिका भुवाचिदिमा रहेको त्रिभुवन माबिले ५० वर्ष पुरा गरेको अबसरमा आयोजित स्र्वण महोत्व कार्यक्रमको उद्घाटन समेत गरेकी छन् ।

दुई बिद्यालयको जन्मोउत्सव मनाउन गुल्मी आएकी राष्ट्रपति बिद्यादेवी भण्डारीले तीन जिल्लाको संगम क्षेत्र रुरु स्थित कालिगण्डकी नदिमा स्नान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले बिद्यालयको कार्यक्रममा पुग्नु भन्दा पहिले गुल्मी पाल्पा र स्याङजा जिल्लाको संगम क्षेत्र रिडीमा स्थित कालिगण्डकी नदिमा स्नान गरेकी हुन् । कालिगण्डकी नदिमा स्नान पछी पाल्पा जिल्लामा पर्ने रिषीकेश मन्दीरमा पुँजा आज गर्नुका सागै दर्शन सकेत गरेकी हुन् । मन्दीरमा पुगेर मन्दीर अबलोकन गर्नुका साथै पुजा समेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई रिडीमा तिन जिल्लाका बिशिष्ट व्याक्तिहरु, स्थानियले भव्य स्वागत गरेका थिए । बिद्यालयको जन्मोउत्सव मनाउन राष्ट्रपति भण्डारीसँगै गुल्मी क्षेत्र नं. १ र २ का संसद प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, पाल्पा क्षेत्र नं. २ का संसद सोमप्रसाद पाण्डेय सहभागित रहेको थियो । उनिहरुसँगै गुल्मी क्षेत्र नं. १ प्रदेश सभा संसद कमराज श्रेष्ठ लगायत गाउँपालिका प्रमुखहरु,तिन जिल्ला प्रमुख जिल्ला अधिकारीहरु लगायतका बिशिष्ट ब्यक्तिहरुको सहभागित रहेको थियो । बिद्यालयलका कार्यक्रमहरुमा राष्ट्रपति भण्डारीलाई स्थानिय कला सँस्कृतिसँगै बिभिन्न झाकीहरु देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा