२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखांचीको छत्रदेवलाई शुन्य भष्ट्रचारमुक्त बनाईने

२०७४, ४ फाल्गुन शुक्रबार १४:०८

छत्रदेव, ४ फागुन । सुचना तथा शुसासन अभियान अर्घाखाँचीको अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिका ४ र ५ को संयुक्त रुपमा केरुङ्गामा सम्पन्न भएको छ ।

सुचना तथा शुसासन अभियान अर्घाखाँचीको आयोजना तथा छत्रदेव गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोेख्रेलले गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जनताको काम गर्न आफुहरु सबै एक भएर लागेको बताउँदै छत्रदेव गाउँपालिकाले छुट्याइएको बजेट कहाँ कुन शिर्षकमा भनी सोध्न आए गाउँपालिकाले स्पस्ट दिने बताए । उनले ३३४ घरमा छानो लगाउने काम प्रक्रियामा पुगेको र त्यो काम छिट्टै सम्पन्न हुने बताए  । 

केरुङ्गामा डोजर चलेको बताउदै जतिसक्दो सस्तो र सुलभ तारिकाले जनतालाई सेवा दिने उदघोष गरेका पोख्रेलले  सोलार बत्तीहरु खरिद गर्ने प्रक्रियामा गएको बताए । छत्रदेवलाई शुन्य भष्ट्राचार बनाउन आफ्नो कार्यकाल सफल हुने दाबी समेत गरे ।


प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले नागरिकको सुचना माग्ने बानी नभएको भन्दै गाउँपालिकाभित्र सुचनाहरु दिन कुनै कन्जुसाई नहुने बताए ।

उनले गाउँपालिकाबाट उपलब्ध हुने ४० प्रकारका औषधी मध्ये केही औषधी बाहेक अरु पाइदैनन् भन्ने गुनासोलाई सम्बोधन गर्दै आफुहरु भरपुर रुपमा औषधी खरिदको क्रममा रहेको बताउदै केही समयमा नै अत्यावश्यक औषधी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

सूचना तथा सुशासन अभियान अर्घाखाँचीका अध्यक्ष मुक्तीनाथ भुसालले नागरिकले वडामा हुने हरेक कुराको जानकारी लिनबाट पछि नहट्न सवैलाई आग्रह गर्दै  आवश्यक सहयोग गर्न सिआईजी तयार रहेको बताए ।

वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सुचनाको हक लिने अधिकार सम्पूर्ण नागरिकको भएको भन्दै सुचना लिनका लागि कसैले राजनीति गर्न नहुने र सम्पूर्ण राजनीतिक दलले पनि राजनिती भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।

पत्रकार घनश्याम पौडेलले सुचना पत्रकारले मात्र नमागी सम्पूर्ण नागरिकले माग्नुपर्ने बताए । सारदा माविका प्रअ लालमणि पाण्डेलेसुचनाको हक मानिसको जन्मसिद्ध अधिकार भएको बताउदै सुचना लिनका लागि पछि नपर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम छत्रदेव गाउँपालिका ४ का वडाअध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता, वडा नम्बर ५ का सचिव शान्ता भुसालको सञ्चालन र वडा सदस्य लक्ष्मी विकको स्वागतमा सम्पन्न भएको पत्रकार मधुसुदन पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन