१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियताका पक्षमा प्रधानमन्त्री ओलीले लिएको अडानमा मसालले दियो यस्तो सुझाव

५ फाल्गुन २०७४, शनिबार ०६:१९

फागुन ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफलताको शुभकामना दिएको छ । 

मसालका महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै ओली सरकारलाई बधाई दिएका हुन् ।

वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ– 'ओलीको नेतृत्वमा एमालेले सीमित रुपमा भएपनि राष्ट्रियताका पक्षमा, भारतीय विस्तारवादका विरुद्ध र चीनसितको सम्बन्ध विस्तारमा लिएको अडान र कांग्रेससँको सम्बन्ध तोडेर प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले एमालेसित मिलेर बनाएको वामठबन्धन ।' मसालले यी दुवै विषयले निरन्तरता पाओस भन्ने कामना पनि गरेको छ । 

‘ओलीले पहिले लिएको अडानमा कुनै विचलन नआओस् र उनले बनाएको गठबन्धनलाई बीचैमा तोड्ने काम नगरियोस् । उनीहरुका बीचमा पार्टी एकता होस् त्यसका लागि हाम्रो शुभकामना छ ।’ वक्तव्यमा भनिएको छ । 

मसालले पार्टी एकता  र सरकार गठनमा ढिलाई भए त्यो जनताले उनीहरुमाथि गरेको विश्वासमाथिको धोखा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह