१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाशमान भन्छन्- पार्टी नेतृत्व विफल भइसक्यो

५ फाल्गुन २०७४, शनिबार ०८:१८

फागुन ५, चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताउनुभएको छ । 

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाउनुभयो । 

वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा काँग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै उहाँले “नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्दछ,” भन्नुभयो । 

नेता सिंहले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं परम्परागत शैलीमा पार्टी सञ्चालन गर्दा भविष्यमा थप चुनौती आउने धारणा व्यक्त गर्नुभयो । 

नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप लगाउँदै उहाँले काँग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास नगर्ने र पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्ने बताउनुभयो । 

नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिनुभयो । 

वाम गठबन्धनले सहमतिअनुसार सरकारलाई पूर्णता दिन सकेको छैन, उहाँले भन्नुभयो, “उहाँहरुले राम्रो गर्छाैं भन्नुभएको छ, तर सरकार गठन गर्न नै गाह्रो भएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह