१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न धम्की आयो: प्रचण्ड

५ फाल्गुन २०७४, शनिबार ११:०२

फागुन ५, महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठवन्धन तोड्न र पार्टी एकता रोक्न आफ्नो पार्टी माओवादी केन्द्र र नेकपा एमालेलाई प्रलोभन र धम्की आइरहेको बताएका छन् । 

शनिवार महोत्तरीको हात्तीलेटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले गठवन्धनलाई असफल पार्न अहिले पनि षड्यन्त्र भइरहेको बताए । 

‘गठबन्धनलाई सफल हुन नदिन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई धम्की आएको छ’ प्रचण्डले भने, ‘हामी कोहीपनि यस्तो धम्की र प्रलोभनमा फस्नु हुँदैन ।’

एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन खोज्ने षडयन्त्रको विरुद्ध दुबै पार्टीका नेता–कार्यकर्ताले आफ्नो पार्टी र नेतालाई सतर्क बनाउने जिम्मेवारी आएको पनि उनले बताए । 

‘तपाईंहरुले एक–दुई नेतामा मात्र भर पर्नुहुँदैन’ प्रचण्डले भने, ‘सबै जनता र कार्यकर्ता अगाडि नआए षडयन्त्रकारीहरुको प्रयास सफल हुन सक्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह