२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीबाट द्वारीकादेवि पछि मन्त्री बनिन् माया

२०७४, ५ फाल्गुन शनिबार १२:१७

नरी बडु/फागुन ५, बैतडी । ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ । 

शनिबार दिउसो नेकपा एमालेले माया भट्टलाई मन्त्रि बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर ७ को सामानुपातिक सूचिबाट सांसद बनेकी भट्टलाई एमालेले मन्त्रि बनाउने निर्णय गरेको हो ।

चार पटक प्रधानमन्त्रि पाएको बैतडी जिल्लामा महिलाहरु भने पछाडी पारिएका थिए । २०१६ सालमा एसियाकै पहिलो महिला मन्त्रि बैतडीकी द्वारीकादेवि ठगुरानी बनेकी थिईन् । 


त्यसपछि बैतडीबाट महिला मन्त्रि बन्ने माया दोश्रो हुन् । बैतडीको जस्तो समाजबाट प्रदेशसभा सदस्य बन्न उनको राजनितिमा ठूलो संघर्ष छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरेकी हुन् ।

५२ वर्षीय भट्ट समाजमा रहेको छुवाछुत, कुसंस्कार, विकृति, भेदभाव, थिमोमिचोलाई चिर्दै आजको अवस्थामा पुगेकी हुन । अन्याय अत्याचारको अन्त्यको लागि सधै तत्पर रहने भट्ट जिल्लाकै महिला अगुवा हुन् । 

त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै  हेर्ने नजरसमेत समाजको ठिक थिएन । उनले त्यही सिद्धान्त अंगालेर गाउँगाउँ पुगेर महिलालाई संगठित गरिन । घरधन्दामा सिमित महिलालाई समाजमा हिडाउँन उनले खेलेको भूमिका महत्वपूर्ण  छ ।

उनले राजनितिक यात्रा तय गर्ने समयमा ठूलै संघर्षको सामना गर्नुप¥यो । महिलालाई घरधन्दामै सिमित राख्ने समाजमा उनी जिल्लाका विभिन्न ठाउँमा पुगेर संगठन बिस्तार लागिन । 

अधिकार, समानताको लडाइँ लडने ७ नम्बर प्रदेशकी उनी अगुवा महिला हुन् । समाजमा महिलाहरुले पुरुषसरह अधिकार पाउनुपर्ने माग राख्दै उनले गरेको लडाइँकै फलस्वरुप आज महिलाले सम्मानजनक स्थान पाउन सकेका छन् । 

पुरुषसरह अधिकार पाउनपर्ने माग राख्दै उनीसहितका महिला पटकपटक काठमाडौं पुगेर आन्दोलन गरेको उनीले बताइन् । ‘हिजोको अवस्था र आजको अवस्थामा केही परिवर्तन आएको छ,’ उनले भनिन्, ‘हामीले महिला अधिकारको लडाइँ लडेर केही नभए पनि ३३ प्रतिशत आरक्षण पाउन सकेका छौं ।’ हरेक क्षेत्रमा महिलालार्य स्थान पाउन थालेको उनले बताइन् । स्थानीय तहमासमेत अहिले महिला प्रमुख÷उपप्रमुख भएको उनको भनाइ छ ।

२०४६ सालमा अखिल नेपाल महिला संघको जिल्ला संयोजक बनेकी भट्टकै कारण हाल जिल्लामा केही महिला राजनीतिमा सक्रिय छन् । २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला विकास महासंघको केन्द्रीय सदस्य बनेकी उनीसँग स्थानीय निकायकोसमेत लामो अनुभव छ ।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार थिइन् ।  

पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिएपछि त्यसलाई निपुर्ण ढंगले निर्वाह गर्ने उनको अठोट छ । राजनीतिको लामो अनुभव भएकी भट्ट आफ्नो क्षमताले प्रदेशको विकासको लागि लाग्ने बताउँछिन् ।

अन्य प्रदेशको तुलनामा पछाडि रहेको यो प्रदेश जलविद्युत्, पर्यटनको विकास गर्न सके अन्य प्रदेशको तुलनामा धनी बन्न सक्ने उनले बताइन् । ‘यो प्रदेशलाई सम्पन्न बनाउन प्रदेश सरकारको महत्वपूर्ण हात हुन्छ,’ उनले भनिन्, ‘भिजनसहित अघि बढन सके मात्र सम्वृधिको ढोका खुल्छ ।’ जनताले बाम गठबन्धनलाई म्यान्डेट दिएको भन्दै जनताको चाहनाअनुसार काम गर्न आपूm कटिबद्ध रहेको समेत भट्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन