१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चुणामणि एक्लैले अरवौंको भ्रष्टाचार गर्न सक्छन् ?’ – सापकोटा

५ फाल्गुन २०७४, शनिबार १५:२६

फागुन ५, काठमाडौँ | पुर्व संचारमन्त्री तथा माओवादी नेता अग्नि सापकोटाले चुणामणि शर्मा एक्लैले अरवौंको भ्रष्टाचार गर्न नसक्ने बताएका छन् । 

भ्रस्टाचारबिरुद्ध राष्ट्रिय अभियान नेपालका पदाधिकारीहरुसँगको भेटमा नेता सापकोटाले देशमा भ्रष्टाचारीहरुको ठूलो संयन्त्र रहेको भन्दै यस्तो संरचनालाई नतोडेसम्म देशमा अहिलेसम्म आएको परिवर्तन स्थापित गर्न नसकिने बताए । उनले भने 'चुणामणि एक्लैले कसरी भ्रष्टाचार गर्न सक्छन ? यसको जवाफ सरकार प्रमुखले दिनुपर्छ । चुणामणिको पछाडी धेरै भ्रष्टाचार गर्नेहरुको झुण्ड छ, जसको कारण अरवौंको भ्रष्टाचार सम्भव भएको छ । यस्ता भ्रष्टाचारीहरुकै कारण देशमा विकास र समृद्धि आउन सकेको छैन ।' 

नेता सापकोटाले निर्वाचनमा बाम गठबन्धनलाई जनताले भ्रष्टाचार बिरुद्ध लड्नकै लागि बहुमुत दिएको भन्दै अबको सरकारले ५ बर्षमा भ्रष्टाचार निर्मुल पार्ने कोसिस नगरे देशमा समृद्धि र विकास सम्भव नभएको बताए । उनले भने 'देशमा भ्रष्टाचार बिरुद्ध लड्ने गोविन्द केसी जस्ता जागरुक नागरिक पनि छन् । बाबुराम भट्टराई, गगन थापा जस्ता नेता केसीको पछाडी लाग्ने होइन, अब आफै भ्रष्टाचार बिरुद्ध नेतृत्व लिन सक्नुपर्छ ।' 

भेटका क्रममा भ्रस्टाचारबिरुद्ध राष्ट्रिय अभियान नेपालले राज्यमा भ्रष्टाचार गर्ने सबै कर्मचारीलाई एउटै नीति नभएको भन्दै जुनसुकै निकायका भ्रष्टाचारीहरुलाई सहजै कारवाहीको दायरामा ल्याउन नीतिगत बाटो बनाउनु पर्नेमा जोड दिएको छ । अभियानले अदालत, सुरक्षा निकाय तथा नीतिगत रुपमा हुने भ्रष्टाचार नियन्त्रणमा अबको सरकारले बिशेष ध्यान दिन ध्यानाकर्षण समेत गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह