२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन ?’ मन्त्री पण्डितले दिए यस्तो जवाफ

२०७४, ५ फाल्गुन शनिबार १६:४७

फागुन ५, काठमाडौँ (रासस) | नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेतृत्व कायर, डरपोक र दिनमात्र बिताउने भयो भने कुनै पनि क्षेत्रमा परिवर्तन सम्भव नहुने बताउनुभएको छ । 

नेपाल वातावरण पत्रकार समूहको ‘पानी सञ्चार अभियान’ को शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “राजधानीलगायत मुलुकका अन्य भागमा पर्यावरण र वातावरण बिगार्नेलाई दण्डित गर्नु पर्छ र यसका लागि म पूर्ण प्रतिबद्ध भएर कार्य गर्नेछु ।” 

दीर्घकालीन रुपमा वातावरण बिगार्न ज–जसले भूमिका खेलिरहेको छ त्यसलाई बन्द गराउन सहयोगका लागि सबैसँग आग्रह गर्दै मन्त्री पण्डितले वातावरणका क्षेत्रमा गर्नुपर्ने कार्यको प्रतिबद्धतासहित केही दिनभित्रै आफूले कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । 

उहाँले राजधानी काठमाडौँसहितका क्षेत्रमा भएको वातावरणीय क्षतिलाई आमजनताले अनुभूति गर्नेगरी न्यूनीकरण गरिने दृढता व्यक्त गर्दै भन्नुभयो, “वातावरणका क्षेत्रमा काम गर्दा ज्यान जोखिममा पर्ला, संगठित गिरोहले काम गर्न नदेला भनेर म चुप लागेर बस्दिनँ, काम गर्न आएको छु, हिम्मत लिएर आएको छु ।” 

मन्त्री पण्डितले, “मानिसहरुले मलाई कति दिनभित्र काठमाडौँमा मास्क लगाउनु पर्दैन ?” भनी पटक पटक प्रश्न गरिरहेको स्मरण गर्दै काठमाडौँको धुलोधुवाँले विकराल सामाजिक र स्वास्थ्य समस्या निम्त्याएको र यसको समाधानका लागि योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पूर्व सिँचाइ मन्त्री सञ्जय गौतमले मध्य र सुदूरपश्चिम नेपालको चुरे क्षेत्रको दोहनमा एकाएक वृद्धि हुन थालेको छ भन्दै यस्तो कार्यले यस क्षेत्रका लाखौँ जनताको जीवन जोखिममा पर्ने खतरा बढेको बताउनुभयो । 

जल तथा शक्ति आयोगका सहसचिव माधव बेल्बासेले नेपाली मौलिक संस्कृति र परम्परामा आधारित सिँचाइ प्रविधिलाई समयमै संरक्षण गर्न सकिए ठूलो जनसमूह लाभान्वित हुने र त्यसबाट कृषिको उत्पादकत्वमा वृद्धि भई वर्षेनी बढ्दै गएको खाद्यान्न आयातमा कमी आउने विश्वास व्यक्त गर्नुभयो । 

युएसएड नेपालका मिसन निर्देशक पिटर ए माल्नाकले पानीका स्थानीय स्रोतको उपयोग गर्ने विधि र त्यसको महत्वको मुख्य जानकार स्थानीय जनता नै हुने भएकाले सञ्चारमाध्यमले स्थानीय जनताका सरोकारलाई ध्यान दिनुपर्ने बताउनुभयो । 

सो अवसरमा युएसएड नेपालको सहयोगमा नेवापसद्वारा सञ्चालन हुने जलस्रोतको संरक्षण र व्यवस्थापनको प्रवद्र्धनसम्बन्धी पानी सञ्चार अभियानको शुभारम्भ गरिएको थियो । 

उक्त अभियानअन्तर्गत कर्णाली, राप्ती र महाकाली नदी जलाधार क्षेत्रको जलस्रोतको अवस्था, जीवन पद्धति, जलाधार संरक्षणका स्थानीय असल अभ्यासजस्ता विषयमा रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट प्रचारप्रसार गर्नाका साथै जलाधारको महत्व र समस्याका बारेमा स्थानीयस्तरमा छलफल र अन्तक्र्रिया गरिने नेवापसका अध्यक्ष अर्जुन ढकालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन