१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख निर्वाचन आयुक्त डा.यादव सम्मानीत

५ फाल्गुन २०७४, शनिबार १७:०३

प्रज्वल पौडेल । फाल्गुण ५, काठमाण्डौ । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाइ सम्मान गरेको छ । शनिबार राजधानी काठमाण्डौस्थित बानेश्वरमा आयोजना भएको एक कार्याक्रममा उहाँलाइ सम्मान गरिएको हो ।

निर्वाचन आयोगले २०७४ सालभित्र तीन तह (स्थानीय, प्रदेश, प्रतिनिधि सभा एवं राष्ट्रिय सभा)को ऐतिहासिक निर्वाचन विभिन्न चरणमा यादवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई सहित सम्मान—पत्र हस्तान्तरण गरिएको नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 


आयोनले लोकतन्त्र तथा निर्वाचन दिवस २०७४ को अवसरमा सरोकारवालाहरूबीच मतदानमा युवाको अधिकार विषयक संवाद आयोजना गरेको छ । विद्यमान मतदाता नामावली दर्ता प्रक्रियालाई संसोधन गरी निर्वाचन हुने एकदिन अगाडि १८ वर्ष पुग्ने युवाले पनि मतदाता नामावलीको लागि नाम दर्ता गराउन पाउनु पर्ने, १६ वर्षमा नागरिकता पाएपछि मतहाल्ने अधिकार हुनु पर्ने, विदेशमा बसेका नागरिकहरुको पनि मतदान गर्ने अधिकार हुनुपर्ने, स्थानीय तहमा निरन्तर मतदाता परिचय पत्र बनाउने व्यवस्था राज्यवाट हुनु पर्ने, लगाएत विषयलाई लिएर सो संवाद कार्यक्रमको आयोजना गरिएको अध्यक्ष महतले बताउनुभयो । कार्यक्रममा विशेषतः निर्वाचनको मिति तोकिए पश्चात मतादाता दर्ताका लागि पर्याप्त समय दिई सर्वसाधारणलाई आफ्नो नाम दर्ताका लागि हौसला प्रदान गरिनु पर्ने कुरालाई पनि जोड दिइएको थियो । 


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको प्यानल छलफलमा काठमाण्डौं क्षेत्र नं. ३ (क) का माननीय प्रदेश सभा सदस्य छिरिङ्ग दोर्जे लामा, नेकपा एमाले तथा बाम गठवन्धनबाट माननीय रचना खड्का, साथै राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य भावना भट्ट रहनुभएको थियो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन, नेविसंघ, अनेरास्वव्यु, अखिल क्रान्तिकारी, राजपा का युवा विद्यार्थी, सामाजिक संघ सस्थाका  प्रतिनिधि, दातृ तथा विकास नियोग प्रतिनिधि, नागरिक समाज प्रतिनिधि, पत्रकार, युवा लगाएत एकसय पचासभन्दा बढी युवाको सहभागीता रहेको थियो । कार्यक्रममा आइ इ एफ नेपाल र यू एस् आइ डी नेपालको सहयोग भएको थियो । 

नेपालमा वि.स. २००७ सालबाट फाल्गुन ७ गते प्रजातन्त्र दिवस र वि.स. २०७३ सालबाट सोही दिनलाई निर्वाचन दिवसको रुपमा मनाउँदै आइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह