१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवालाई स्वदेशमै रोजगारीको अवसर हुनुपर्छ : राजेन्द्रकुमार केसी

६ फाल्गुन २०७४, आईतवार ०९:०६

फागुन-६,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद राजेन्द्रकुमार केसीले श्रम र रोजगारीसँग युवालाई जोड्न सके विकासको लक्ष्य पुरा गर्न सकिने बताएका छन् । उनले मुलुक संघीय संरचनामा गएसँगै अबको प्राथमिकता उपलब्ध स्रोत र साधनको परिचालन गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । 


स्वतन्त विद्यार्थी युनियन जनप्रशासन क्याम्पसको आयोजनामा नयाँ विद्यार्थीको स्वागत तथा पुराना विद्यार्थीको बिदाई कार्यक्रमलाई संम्बोधन गदै सांसद केसीले  जनप्रशासन अध्ययन गरेर उत्र्तीण विद्याथीहरुको भूमिका निजामती सेवामा उल्लेख हुने बताए । निजामती सेवामा नैतिकता र इमान्दारीको खाँचो देखिएको भन्दै उनले सो पुरा गर्नतर्फ विद्याथीहरु लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाहीले विद्यार्थीहरुको हक हितका लागि आफू सँधै तल्लीन रहेको बताए । 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले समयानुकुल शिक्षालाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले समाज परिवर्तनका लागि विद्यार्थीको भूमिका उल्लेख्य हुने बताउँदै स्तरीय शिक्षाका लागि नेपाल विद्यार्थी संघ सदैव लागि पर्ने बताए ।


स्वतन्त्र विद्यार्थी युनियन जनप्रशासन क्याम्पसका सभापति पंकज केसीलले विद्यार्थीहरुको हक हित र सिकाई प्रभावकारिताका लागि स्ववियु सदैव तत्पर रहेको बताए । उनले क्याम्पसमा विद्यार्थीहरुलाई सहज तरिकाले अध्ययन  गर्ने वातवरण तयार गर्न स्ववियुले भूमिका निर्वाह गर्ने बताए । 


जनप्रशासन क्याम्पसमा देशको विभिन्न भूभागबाट उच्च शिक्षा अध्ययन गर्न आएका विपिए तथा एमपिएका विद्यार्थीहरुलाई स्वागत र अध्ययन पूरा गरेका विद्यार्थीहरुलाइ बिदाइ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह