१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ: नेता खनाल

६ फाल्गुन २०७४, आईतवार १०:३९

फागुन ६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई बाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दुबै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट नै गठन भएको सरकारले केही दिनभित्रै पूर्णता पाउने उहाँले बताउनुभयो । 

नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले जनताको चाहना एकता नै भएकाले त्यसबाट कोही पनि फर्कन नसक्ने बताउँदै बाम एकताका लागि दुबै पार्टीका नेता व्यवस्थापनमा समस्या नरहेको बताउनुभयो । 

नेपाली काँग्रेसका नेता कल्याण गुरुङले मुलुकमा सरकारको स्थायित्वको खाँचो औँल्याउँदै आफ्नो पार्टीले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभयो । 

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषयमा वर्तमान गठबन्धनको सरकार सकारात्मक भए आफूहरु पनि सरकारमा सहभागी हुने जानकारी दिनुभयो । 

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले सरकारमा जाने विषय आफूहरुको प्राथमिकतामा नरहेको बताउँदै कुन स्वरुपमा संविधान संशोधनको विषय अगाडि बढ्छ त्यसका आधारमा सरकारलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह