प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्व कम्लहरी थारू प्रदेश ५ उपसभामुखमा निर्वाचित

२०७४, ६ फाल्गुन आईतवार १०:४९

फागुन ६, बुटवल | प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित हुनुभएको छ । 


प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए । सो प्रदेशसभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन् । नवनिर्वाचित उपसभामुख थारूसँग नेपाली काँग्रेसकी रीना विकले उम्मेदवारी दिनुभएको थियो । थारू ६६ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । प्रदेशसभामा उपस्थित ८५ सदस्यमध्ये थारूको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो । उपसभामुखको चयन मतविभाजन प्रक्रियाबाट गरिएको थियो । 

आजको बैठकको प्रारम्भमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । 

यस्तै बैठकको कार्यसूचीबमोजिम प्रदेश नं ५ मा सभामुखले आज कार्यव्यवस्था समिति गठन गर्नुभएको छ । प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा १५ बमोजिम सभामुख घर्तीले एमाले प्रमुख सचेतक भूमीश्वर ढकाल, माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, इन्द्रजीत थारू, वीरबहादुर राना, रमा अर्याल, विजय यादव र तारा जिसीलाई मनोनयन गर्नुभयो । 

अन्तरिम कार्यविधिअनुसार कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ । यस्तै उपसभामुख थारूलाई आजै सभामुख घर्तीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन