प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पूर्व कम्लहरी थारू प्रदेश ५ उपसभामुखमा निर्वाचित

६ फाल्गुन २०७४, आईतवार १०:४९

फागुन ६, बुटवल | प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित हुनुभएको छ । 


प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए । सो प्रदेशसभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन् । नवनिर्वाचित उपसभामुख थारूसँग नेपाली काँग्रेसकी रीना विकले उम्मेदवारी दिनुभएको थियो । थारू ६६ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । प्रदेशसभामा उपस्थित ८५ सदस्यमध्ये थारूको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो । उपसभामुखको चयन मतविभाजन प्रक्रियाबाट गरिएको थियो । 

आजको बैठकको प्रारम्भमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । 

यस्तै बैठकको कार्यसूचीबमोजिम प्रदेश नं ५ मा सभामुखले आज कार्यव्यवस्था समिति गठन गर्नुभएको छ । प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा १५ बमोजिम सभामुख घर्तीले एमाले प्रमुख सचेतक भूमीश्वर ढकाल, माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, इन्द्रजीत थारू, वीरबहादुर राना, रमा अर्याल, विजय यादव र तारा जिसीलाई मनोनयन गर्नुभयो । 

अन्तरिम कार्यविधिअनुसार कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ । यस्तै उपसभामुख थारूलाई आजै सभामुख घर्तीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह