२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समय-समयका परिवर्तनको ढोका बनेको फागुन ७ गते

२०७४, ६ फाल्गुन आईतवार १२:११

पूर्णप्रसाद मिश्र / फागुन ६, काठमाडौँ | प्रजातन्त्र र फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भयो । 

फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६ र २०६२÷०६३ का परिवर्तन भए । राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो । विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थापनाले परिवर्तनका लागि मार्ग खोलेको बताउनुहुन्छ । 

एक सय चार वर्षीय राणाशासनले राजालाई समेत नारायणहिटी दरबारमा अघोषित बन्दी बनाएपछि प्रजातन्त्र चाहनेले राजा त्रिभुवनलाई दरबारबाट विराटनगर वा पाल्पा लैजान खोजेका थिए । 

राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत जानुभयो । यसपछि नेपालको राजनीतिले अचानक जटिल मोड लिएको विसं २००७ को क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापाले बताउनुभयो । 

पाल्पामा राणा नै बडाहाकिम भएकाले राजा त्रिभुवन विराटनगर जानु उपयुक्त हुने सल्लाह दिइयो । विराटनगरमा प्रजातन्त्र पक्षधरकै बाहुल्यता थियो । राजा दिल्ली गएपछि २००७ सालको क्रान्ति दिल्ली सम्झौतामा टुङ्गियो । 

राष्ट्रिय काँग्रेस गान्धीको अहिंसावादी विचारबाट प्रभावित थियो । त्यही बेलामा भारतमा नेपालको राणाशासनबाट वितृष्णा भएर पुगेका सुवर्णशमशेरलगायतका राणाहरूकै सक्रियतामा नेपाल प्रजातन्त्र काँग्रेस स्थापना भएको थियो । राष्ट्रिय काँग्रेससँग जनशक्ति थियो । 

प्रजातन्त्र काँग्रेस आर्थिकरुपमा सम्पन्न थियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि दुवै पार्टी मिल्नुपर्ने विचार आउन थालेपछि विसं २००६ मा दुवै दल मिलेर नेपाली काँग्रेसको गठन गरियो । काँग्रेसले सशस्त्र क्रान्तिको आह्वान गरेपछि देशव्यापी रुपमा आन्दोलन चर्कियो । 

प्रजातन्त्र स्थापनाका लागि सशस्त्र क्रान्ति गर्नुपर्छ भन्ने प्रजातन्त्र काँग्रेसको विचारसँग राष्ट्रिय काँग्रेस सहमत भएर पार्टी एकीकरण भएको थियो । एकीकरणपछि प्रजातन्त्र स्थापनाको आन्दोलनले गति लियो । राणा शासकले नियुक्त गरेका बडा हाकिमले क्रान्तिकारीसँग आत्मसमर्पण गर्न थाले । 

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभयो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो । 

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । 

विसं २००७ अघि पृथ्वीनारायण शाहले राज्य गरेको गोरखामा समेत विद्यालय थिएन । त्यसबेला नेपालकै हाराहारीमा रहेका कोरिया, मलेसिया र थाइल्यान्ड अघि बढे पनि नेपालमा प्रजातन्त्रको स्थायित्व हुन नसकेकैले हालसम्म पछि परेको राजनीतिज्ञ थापाको बुझाइ छ । 

राणाशासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो । प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । 

प्रजातन्त्र स्थापना भएपनि फागुन ७ गते राजा त्रिभुवनले घोषणा गर्नुभएबमोजिम संविधानसभा निर्वाचन भएन । काँग्रेसका तर्फबाट सरकारमा सहभागी नेताहरुले राजीनामा दिएपछि राणा–काँग्रेस संयुक्त सरकार ढल्यो । काँग्रेस सभापति मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भएपनि निर्वाचन भने हुन सकेन । 

निर्वाचन गराउन काँग्रेसले २०१४ सालमा भद्र अवज्ञा आन्दोलन गर्नुपर्यो । आन्दोलपछि संविधानसभा नभई संसदीय निर्वाचन गराउन दरबार तयार भयो । २०१५ फागुन ७ गतेदेखि पहिलो संसदीय निर्वाचन शुरु भयो । काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि दरबारले नमान्दा समय लाग्यो । 

विसं २०१७ पुस १ गते सेनाको शक्तिका भरमा जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि लामो आन्दोलन शुरु भयो । २०४६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर शुरु गरिएको आन्दोलनले चैत २६ गते सफलता पायो । प्रजातन्त्र पुनः स्थापना भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन