१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकता प्रक्रियाबारे आन्तरिक छलफल

७ फाल्गुन २०७४, सोमबार १०:१७

फागुन ७, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा आन्तरिक छलफल गरेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गर्नुभएको हो । 

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराउनुभएको थियो । 

बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आजै बस्दैछ । 

माओवादी केन्द्रका नेता जनार्दन शर्माका अनुसार पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको छ । आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच करिब पाँच घण्टा छलफल भएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गर्नुभएको छ । सो बैठकमा एकीकृत पार्टीको रुपमा नै प्रस्तुत हुने गरी तयारी भइरहेको बताइएको छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह