१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी निर्वाचन दिवस समारोहमा सरिक

७ फाल्गुन २०७४, सोमबार १०:४८

फागुन ७, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो निर्वाचन दिवसको उपलक्ष्यमा आज आयोजित समारोहमा सरिक हुनुभयो । 

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले आयोगमा दीर्घसेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी चालक अनिल थापा र कम्प्यूटर अपरेटर लक्ष्मी अर्याल अधिकारी हुनुहुन्छ । 

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न दिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेबापत समारोहमा 

उपसचिव देशबन्धु अधिकारीलाई तीन ग्रेड प्रदान गर्ने घोषणा गरियो । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रमुख निर्वाचन आयुक्त एवं आयुक्त सहभागी हुनुहुन्थ्यो । 

आवधिक निर्वाचन लोकतन्त्रको आधार नारा रहेको दोस्रो निर्वाचन दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतले सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह