२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति भण्डारी निर्वाचन दिवस समारोहमा सरिक

२०७४, ७ फाल्गुन सोमबार १०:४८

फागुन ७, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो निर्वाचन दिवसको उपलक्ष्यमा आज आयोजित समारोहमा सरिक हुनुभयो । 

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले आयोगमा दीर्घसेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी चालक अनिल थापा र कम्प्यूटर अपरेटर लक्ष्मी अर्याल अधिकारी हुनुहुन्छ । 

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न दिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेबापत समारोहमा 

उपसचिव देशबन्धु अधिकारीलाई तीन ग्रेड प्रदान गर्ने घोषणा गरियो । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रमुख निर्वाचन आयुक्त एवं आयुक्त सहभागी हुनुहुन्थ्यो । 

आवधिक निर्वाचन लोकतन्त्रको आधार नारा रहेको दोस्रो निर्वाचन दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतले सम्बोधन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन